नेपालगन्ज, २० भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित २० जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र ६ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शनिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
हालसम्म बाँके जिल्लामा १ हजार १ सय ९९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय १७ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ७६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६८.१४ रहेको छ भने बिरामी मृत्यु दर ०.५० प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।