Thursday, March 12सत्यम खबर
Shadow

बाँकेमा शुक्रबार र शनिबार निषेधाज्ञा

नेपालगन्ज, १८ भाद्र – जिल्ला प्रशासन कार्यालय मार्फत सूचना जारी गरी हप्ताको दुई दिन शुक्रबार र शनिबार अत्यावश्यक सेवा बाहेक हिड्डुलमा समेत रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले भाद्र १५ गते जारी गरेको सूचना बमोजिम अत्यावश्यक सेवा र सोका लागी प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका बैंक तथा वित्तिय संस्था, पसल ब्यावसाय सञ्चालन, अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत रोक लगाईएको छ ।
आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी छ ।


जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको गएको १२ गते बैठक निषेधाज्ञा सम्बन्धीको यो निर्णाय अर्को सूचना जारी नहुँदासम्म प्रत्येक शुक्रबार र शनिबार लागु भइरहने छ ।
यसैगरी स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ,प औषधी पसल, एटिएम जस्ता सेवाहरु सञ्चालन गर्न पाईने छुट गरिएको छ भने सवारी साधनहरुमा एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला सवारी र कुटनीतिक प्लेटका सवारी साधनहरु, लामो दुरीका मालवाहक साधनहरु, निर्माण सामग्री ढुवानीका साधनहरु, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु, पास प्राप्त सवारी साधनहरु सञ्चालन गर्न पाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *