न्यायको प्रतिक्षामा सांघातिक आक्रमणका पीडित सागर विक
खजुरा, २ आश्विन – बाँकेको खजुरा स्थित ए गाउँ बस्ने १९ वर्षिय सागर वि क माथि साउन ८ गते साँझ ५ बजे सांघातिक आक्रमण भएको थियो । दलित सागर माथि आक्रमण गर्नेलाई बाँके प्रहरीले पक्राउ गर्न नसकेको हुनाले पीडित परिवारको सुरक्षा निकायप्रति बिश्वासको दुरि कम हुँदै गएको बताउनुभएको छ ।
पीडित सागर विक र उनका आमा चन्द्रदेवी विक प्रेस मिटमा पीडा बताउँदै । तस्वीरः सत्यम खबर
बुधबार खजुराको ए गाउँस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले गुनासो व्यक्त गरेका छन् । खजुरामा दलित सागर माथी सांघातिक आक्रमण भयो । पीडितले किटानी जाहेरी दिंदा पनि सुरक्षा निकाय मौन बसेको छ ।पत्रकार सम्मेलनमा बोल्दै सागरकी आमा चन्द्रादेवि विकका अनुसार छोरालाई धनीमानी तथा माथिल्लो जातका ७ जना युवाहरू मिलेर मरणासन्न हुनेगरी आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दियौं । जाहेरी दिएको दुई महिना बित्दासम्म प्रहरीको ढिला सुस...








