Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

अपडेटः ४ महिलासहित ८ जना कोरोना संक्रमित

अपडेटः ४ महिलासहित ८ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ असोज – भेरी अस्पतालले दिउँसो ३ः५० बजेसम्म (२४ घण्टा) को पिसिआर रिर्पोट सार्वजनिक गरेको छ । आईतबार ४ महिलासहित ८ जना कोरोना संक्रमण देखिएका छन् । भेरी अस्पताल नेपालगन्जद्वारा आज आईतबार जारी गरिएको विवरण अनुसार बाँकेको नेपालगन्ज र कोहलपुरका कोरोना संक्रमित देखिएका छन् । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या १ हजार २ सय ४४ पुगेको छ भने बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ९८ रहेको छ । योसँगै ६ पुरुष र ४ महिला गरी १० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।...
संविधान दिवसका अवसरमा संविधान कार्यन्वयनमा जोड

संविधान दिवसका अवसरमा संविधान कार्यन्वयनमा जोड

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ४ असोज– शनिबार संविधान दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरि मनाईँएको छ । २०७२ को असोज ३ गते संविधान सभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा नेपालगन्जमा संबिधान कार्यन्वयनका विषयमा सरोकारवालाको भुमिकाका विषयमा शनिबार भर्चुअल अन्तरसम्वाद कार्यक्रम गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्ब राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको उपलब्धीको रुपमा बनेको नेपालको संबिधानले सम्पुर्ण नागरिकको हितमा रहेकाले यसलाई पुर्ण रुपमा कार्यन्वयन गर्नमा जोड दिनुभयो ।लामो वर्षपछि जारी भएको सर्वमान्य संविधानले सबै कुरा समेटिएकाले सबैको हक अधिकारलाई उपभोग गर्नमा सहजता मिलेको भन्दै संविधानको प...
अपडेटः शनिबार बाँकेमा कोरोनाले थप एकको मृत्यु

अपडेटः शनिबार बाँकेमा कोरोनाले थप एकको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ असोज – बाँकेमा शनिबार कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।नेपालगन्ज–२१ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार राती ११.३० बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।भाद्र २० गते उनको स्वास्थमा समस्या भएपछि उनी भेरी अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्यही दिन दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो । भाद्र २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनलाई प्लाजामा थेरेपी, हाईड्रोक्जिन, सिपिएपि बाट उपचार गरिएको र भाद्र २५ गते उनलाई रिमडिसिभर नामक औषधि चलाईएको थियो ।उनको स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा उनलाई शनिबार भेन्टिलेटरमा राखिएको र सबै सम्भव उपचार दिँदा पनि उनको मृत्यु भएको भेरी अस्पताल स्रोतले जनाएको छ । दुबै तिरको फोक्सोमा निमोनिया उनको मृत्यु भएक...
अपडेटः ८ महिलासहित ४१ जना डिस्चार्ज हुँदै

अपडेटः ८ महिलासहित ४१ जना डिस्चार्ज हुँदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ आश्विन – आईतबार बाँकेबाट ८ महिलासहित ४१ जना कोरोना संक्रमित निको भइ घर फर्किने भएका छन् ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आईतबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका ८ महिला र ३३ पुरुष गरी जम्मा ४१ जना रहेका छन् । श्रेष्ठका अनुसार उनीहरुलाई भाद्र २१ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या १ हजार २ सय ४४ पुगेको छ । फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २ जना समेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ९० रहेको छ भने भने ६ पुरुष र ४ महिला गरी १० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।...
बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ असोज –बाँकेको खजुरामा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेसन अस्पताल आजदेखि बन्द भएको छ ।क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेसन सेन्टर बन्द गरिएको हो । प्रदेश ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिना देखि कोरोना बिशेष आईसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो । बाँकेमा सुबिधा सम्पन्न आईसोलेसन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसियु सहित ५० बेडको कोरोना बिशेष आईसोलेसन अस्पताल बन्द भएसंगै त्यहाँबाट पाउने सेवा नेपालगन्जको भेरी अस्पतालमा दिईने छ ।सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हाल सम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आईसोलेन सेन्टरका रुपमा दिईने सेवा सुबिधा अब देखि भेरी अस्पतालले दिने बताए । उनले कोभिड १९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा द...
नयाँ नियम साथ असोज ५ देखि आन्तरिक उडान सुरू हुने

नयाँ नियम साथ असोज ५ देखि आन्तरिक उडान सुरू हुने

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ आश्विन – आन्तरिक हवाई यात्रामा यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ ।यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ ।विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनु पर्नेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ । अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्न सक्ने छ ।संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्यन प्राधिकरणलाई निर्देशन दिएको छ ।मन्त्रालयले लकडाउन अघिको एयरला...
सहज वातावरण बनाइदिने गाउँपालिकाको प्रतिवद्धता

सहज वातावरण बनाइदिने गाउँपालिकाको प्रतिवद्धता

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, ३ आश्विन – राप्तीसोनारी गाउँपालिकाले जिल्लास्थित विभिन्न सरोकारवाला निकायसँग नदीजन्य पदार्थको ठेक्का ब्यवस्थापन सम्बन्धी प्रि–विड बैठक गरेको छ ।राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा शुक्रबार भएको छलफलमा उपस्थित सरोकारवाला निकायले आ–आफ्नो सल्लाह, सुझाव दिनु भएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि राप्तीसोनारीका विभिन्न खोला तथा नदीमा ठेक्का खुल्ला गरिसकेको छ । गत भदौं १९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको गाउँपालिकाले यही असोज १७ गते बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति र असोज १८ गते दिउँसो १२ बजेसम्मका लागि बोलपत्र दर्ता गर्नुपर्ने अन्तिम मिति तोकेको छ । नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा ब्यवस्थापन गर्दा गाउँपालिकाले नीति÷नियम अनुसार गर्नुपर्ने सम्वद्ध सरोकारवाला निकायको सुझाव छ । निर्माण ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष सुरे...
अपडेटः एघार जना कोरोना मुक्त भई घर फर्किदै

अपडेटः एघार जना कोरोना मुक्त भई घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ आश्विन – बाँकेमा शनिवार ११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेका विभिन्न आइसोलेशन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् । भाद्र २० गते कोरोना पुष्टि भएका ११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । योसँगै बाँकेमा कोरोनामुक्त भई घर फर्किनेको संख्या २ हजार २ सय ३ पुगेको छ भने हाल ३ सय ३५ जना आइसोलेशनमा उपचाररत छन् । बाँकेमा ४ महिलासहित ९ गतेको मृत्यु भईसकेको छ ।...
पुनः सहयोगी मनहरुलाई सहयोग गर्न पीडित सोनीको अनुरोध

पुनः सहयोगी मनहरुलाई सहयोग गर्न पीडित सोनीको अनुरोध

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ आश्विन – केही समय अगाडी ‘छोरा बचाउन सहयोगको याचना गर्दै सोनी’ भन्ने शिर्षकमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित भएको दिनदेखि नै धेरै जसो सहयोगी मनका हातहरुले हातेमालो गर्ने भनी प्रतिक्रिया समेत जनाएका थिए । पीडित बच्चा बिराट सोनीका बुवा प्रमोदकुमार सोनी । तस्वीरः सत्यमखबर हाल नेपाल मै अप्रेशन हुने भए नेपालगन्ग उपमहानगरपालिकाले सम्पूर्ण लागत खर्च बिल अनुसार भुक्तानी गरिने भनी उपप्रमुख उमा थापा मगरले समेत भनाई राखिन् । ‘वडा कार्यालयमार्फत सिफारिस लिएर आउन भन्नुस्, आवश्यक परे हामी बोर्ड बैठकबाट उपचार खर्च व्यवस्था गर्ने निर्णय गरिने’ भनी उपप्रमुख थापामगरले बताउनु भएको थियो ।तर कोभिड–१९ ले गर्दा बाँके लगायत अन्य स्थानमा समेत लकडाउन र सार्वजनिक यातायात बन्दले गर्दा कही कतै गएर जानकारी लिने अवस्था नभए पछि पुनः भारत कै उत्तरप्रदेश राज्यमा रहेको जिल्ला बहराईच अस्पतालबाट हायर ...
विकासप्रेमी वडाअध्यक्ष हमाललाई व्यापारीद्वारा सम्मान गर्ने तयारी

विकासप्रेमी वडाअध्यक्ष हमाललाई व्यापारीद्वारा सम्मान गर्ने तयारी

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ आश्विन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरटोलको बाटो हेर्दा हामी बाबाआदमको समयमा पुगिसकेको अभाष भएको भन्दा फर्क पर्दैन होला ।फोहोर पानी, हिलो, माटो, फोहोरका थुप्रो बाहेक केही उपलब्ध भएको पाईन्न, कारण एउटै छ यस वडाका विकासप्रेम वडाअध्यक्ष सुनिलसिंह हमाल । उनको योगदानलाई सम्मान गर्ने तयारी घरवारी टोलका ब्यापारीहरुले गरिसकेको ब्यापारी हरि ज्ञवाली बताउनुभयो । व्यापारी ज्ञवालीका अनुसार हाम्रो वडाअध्यक्षले अति नै सराहनीय कार्य गर्दै आएका छन् । यस वडामा उनले भनेको सबैथोक कार्य भएको पाईन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत विकासका काममा समेत वडा नं. २ ले अन्य वडाभन्दा फरक प्रगति देखाएको छ । अब यही कार्यहरुले गर्दा उनलाई व्यापारीहरुबाट समाजमा खडा गरी सम्मान गर्नेछौं भने बताउनुभयो । व्यापारी ज्ञवालीले ब्यङग्यात्मक रुपमा कटाक्ष गरिरहेका छन् । यसको समर्थनमा स्थानीय व्या...