कोरोना भाइरसबारे जनचेतना जगाउँदै बि–गु्रप
नेपालगन्ज, २३ कार्तिक – भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ८ मा शनिबार बाल्टिन र साबुन वितरण गरेको छ । बि–गु्रपले स्थानीय स्तरमा गएर कोरोना भाइरस बारे जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।कोभिड १९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न र संक्रमणको बेला सावधान अपनाउको लागि सहयोग गर्ने उद्देश्यले साबुन र बाल्टिन वितरण गरिएको बि–गु्रपले बताएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न वर्ग र समस्यामा परेका स्थानीयलाई सहयोग गरेको कार्यक्रम संयोजक प्रकाश शर्माले बताउनु भयो ।
गाउँपालिकाको वडा नम्बर ४ मा १ सय ८५ जनालाई र ८ नम्बर वडामा १ सय ७७ जनालाई वितरण गरिएको हो । शनिबार एक कार्यक्रमका बिच वडा नम्बर ८ अध्यक्ष फिरोज खानले स्थानीयलाई सहयोग सामाग्री प्रदान गर्नु भएको थियो । अध्यक्ष खानले बि–गु्रपको सहयोग वडाका विपन्न जनतालाई सहयोग पुगेको ...







