पालिकास्तरीय मानव बेचविखन विरुद्ध समिति
खजुरा, २६ कार्तिक – खजुरा गाउँपालिका स्तरीय मानव वेचविखन बिरुद्धको समिति निर्माण भएको छ ।खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक एकमाया विक सदस्य, सामाजिक विकास समिति संयोजक फत्तेकुमारी जैसी र महिला वडा सदस्य सुवित्रा विक सदस्य र महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपाने सदस्य सचिवमा चयन भएका छन् ।
त्यसैगरी इलाका प्रहरी कार्यालय धनौली प्रमुख सदस्य, प्रधानाध्यापक बुद्धि बन्जाडे, बाल अधिकार समितिबाट खर्क पुन, कानूनी सल्लाहकार विकास आचार्य, बाल क्लवबाट चेतना क्षेत्री, किशोरी संजालबाट मञ्जु थापा, स्वास्थ्य शाखाबाट सुदीप पौडेल, महिला सहकारी संस्थाबाट मुना निरौला, मानववेचविखन विरुद्ध कार्यरत शान्ति शर्मा पौडेललाई सदस्यमा चयन गरिएको छ ।
खजुरा गाउँपालिकाको आयोजना, माइती नेपाल र वीनरक इन्टरनेशनलको समन्वयमा ग...









