Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

अपडेटः २४ महिलासहित ५६ जना घर फर्कदैं

अपडेटः २४ महिलासहित ५६ जना घर फर्कदैं

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ मंसिर – आज मंगलबार २४ महिलासहित ५६ जना घर फर्किने भएका छन् । २ वर्षे बालक सहित मंगलबार बाँकेका ५६ जना कोरोना संक्रमति डिस्चार्ज हुँदैछन् । १० दिने आईसोलेशन बसाईपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक २२ गते आईसोलेशन (निजि तथा संस्थागत) मा भर्ना गरिएका ५६ जनामा कोरोना भाईरसको लक्षण नदेखिएपछि स्वास्थ्य मापदण्ड पुरा गर्दै डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।आज मंगलबार डिस्चार्ज भएका ५६ जनासँगै बाँकेबाट कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ७४ पुगेको छ । आजसम्म ३ हजार ६ सय १ जनाको कोरोना परीक्षण गरिएको छ भने बिरामी निको हुने दर ९३.७० रहेको छ । यसैगरी मृत्यु दर १ प्रतिशत रहेको छ भने बाँकेको रोग प्रकोप दर ०.६० रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।यो सहित बाँकेम...
‘भ्रष्ट निर्वाचन प्रणालीले देशको मुहार परिवर्तन हुन नसक्ने’– उपाध्याय

‘भ्रष्ट निर्वाचन प्रणालीले देशको मुहार परिवर्तन हुन नसक्ने’– उपाध्याय

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २८ कार्तिक – व्यक्ति होइन व्यवस्था बढल्नु पर्छ, सांसद मन्त्री प्रधानमन्त्री बन्न नपाउने, उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजान्तन्त्र जस्ता नारालाई आत्मसात गर्दै देश बिदेशमा रहेका युवाहरुद्वारा सञ्चालित स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समिति संयोजक कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा बैठक बसेको छ ।स्वतन्त्र राष्ट्रिय अभियान नेपालको अभियानद्वारा जारी प्रेस नोटमा देशमा रहेको भ्रष्ट निर्वाचन प्रणालीले देशको मुहार परिवर्तन हुन सकेको छैन भन्ने उल्लेख गरिएको छ । प्रेस नोटमा म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतीज्ञा गरेर चुनावको वेलामा गाउँ गाउँमा गएर सोझा जनताको घुडा मसार्दै दुई हात जोडेर नमस्कार गर्दै भोट माग्ने जनप्रतिनिधिले अहिले सोही जनताका कुरा सुन्दैनन् । त्यसैले अब राजनीतिक पार्टिले टिकट दिएर लाध्ने प्रवित्ति ब...
खजुरामा भलिबल प्रतियोगिता शुरु

खजुरामा भलिबल प्रतियोगिता शुरु

खेल, प्रदेश ५, समाचार
खजुरा, २८ कार्तिक – सचेत युवा मन्चको आयोजनामा खजुरामा आज शुक्रबारदेखी भलिबल प्रतियोगिता शुरु भएको छ ।खजुरा गाउँपालिका स्तरीय उक्त प्रतियोगितामा ९ वटा टीमको सहभागिता रहेको छ । शुक्र भलिबल स्टेडियमा सञ्चालन भएको प्रतियोगिताको बाँके ३ नं. का सांसद नन्दलाल रोकायले उद्घाटन गर्दै विभिन्न भौतिक विकास जस्तै खेल क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताए । प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खेलकुदमा लगानी स्वस्थ्य र सभ्यताको पहिचान भएको बताए ।मन्चका अध्यक्ष मनप्रकाश रेग्मीको अध्यक्षताम भएको कार्यक्रममा सचिब प्रदीप खनालले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगिता भोलीसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी खजुराको समन्वय र वडा नं. २ खजुरा गाउँपालिकाको सहयोग रहेको छ ।...
सिकाइ सहजीकरण कार्यशाला

सिकाइ सहजीकरण कार्यशाला

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २८ कार्तिक – कोभिडका कारण वैकल्पिक शिक्षाका विभिन्न माध्यम प्रयोग गर्दै आएको खजुराले विद्यार्थी सिकाइ सहजीकरण कार्यशाला आयोजना गरेको छ ।खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रश्नपत्र निर्माण, गृहकार्य र कार्य सञ्चालन सम्बन्धि कार्यशाला सम्पन्न गरेको हो । यो शैक्षिक सत्रको विदा काटेर हुने १०० दिनको योजना बनाउँदै मंसिर ४ गतेसम्म प्रश्नपत्र निर्माण, १५ गतेदेखि वितरण र साप्ताहिक रूपमा अनुगमन र मूल्यांकन गरिने शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । यो शैक्षिक सत्रको चैत १५ गतेसम्म खजुरा गाउँपालिका क्षेत्रभित्रका माबी, आधारभूत र प्रावी सबै तहको परीक्षा सम्पन्न गरिने जनाएको छ ।खजुरा गाउँपालिक प्रमुख तथा शिक्षा समिति संयोजक किस्मत कुमार कक्षपतिले उदघाटन गरेको सिकाइ कार्यशालामा शिक्षा समिति सदस्य एवं ज्ञानोदय माबिका प्र अ ऋषिराम सापकोटा, मावी शिक्षक यमनारायण महतो, ...
२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग

२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – भेरी अस्पताल नेपालगन्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ । मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले २० रुपियाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो ।विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्ड...
नरैनापुरका विद्यालयहरु तिहारपछि खुल्ने

नरैनापुरका विद्यालयहरु तिहारपछि खुल्ने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नरैनापुर, २८ कार्तिक – कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खुल्ने भएका छन् । गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ । सोही कार्यविधिका आधारमा विद्यालय सञ्चालन गरिने थारुले बताउनुभयो । “विद्यालयमा प्रत्यक्ष सिकाई सहजीकरण गर्दा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था स्वास्थ्य शाखाले गर्ने, मापदण्ड पूरा भए नभएको निक्र्यौल अनुगमन समितिले गर्ने तथा विद्यालय सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लि...
एक्सन एडको म्याराथनमा साझेदारी

एक्सन एडको म्याराथनमा साझेदारी

खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – धारा छैठौ नेपालगन्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’ भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगन्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।नेपालगन्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खुशीको माहोल बनेको छ । एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगन्ज म्याराथनसँगको सहकार्यपछि भन्नुभयो, ‘कोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो, बाच्नका लागि हिंडौं । तर, यो यतिमा मात्रै सीमित छैन । न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ ।’उहाँले भन्नुभएको छ, ‘राष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिका व...
बजार अनूगमन, बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना

बजार अनूगमन, बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना

प्रदेश ५, समाचार, समाज
नेपालगञ्ज, २८ कार्तिक – नेपालगन्ज उप–महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगन्जमा रहेका मासु पसलको शुक्रबार अनूगमन गरेको छ । अनूगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमती पसल सञ्चालन गरेको पाइएको छ । अनूगमन टोलीले नेपालगन्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिबाना सहित बन्द गराएको छ । वाणिज्य कार्यालयले जरिबाना गराएको हो ।सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्रि गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रिका लागि राखिएको पाइएको नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पसलबाट खाना अयोग्य ३५ किलो मासुर ९ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चारवटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लाय...
आठ जना महिला सहित ३१ जनाले रक्तदान गरे

आठ जना महिला सहित ३१ जनाले रक्तदान गरे

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – नेपालगन्जमा रगतको अभव भइरहेको अवस्थामा विहीवार यहाँ आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायत ८ जना महिला सहित ३१ जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गेका छन् । नेपालगन्जबाट विगत ३९ वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । श्री टिभिएस मोटर साइकल तथा ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि., नेपालगन्ज–१८, बाँकेको सहकार्यमा स्थानीय कारकाँदो चोक स्थित टिभिएस शो रुममा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष विशाल श्रेष्ठ, निर्देशकद्वय रणबहादुर शाही महादेवसिंह ठकुरी, जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्...
अपडेटः २१ महिलासहित ४४ जना घर फर्कदैं

अपडेटः २१ महिलासहित ४४ जना घर फर्कदैं

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ कार्तिक – आज विहिबार २१ महिलासहित ४४ जना घर फर्किने भएका छन् । ८० वर्षिय बृद्ध सहित विहिबार बाँकेका ४४ जना कोरोना संक्रमति डिस्चार्ज हुँदैछन् । १० दिने आईसोलेशन बसाईपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक १७ गते आईसोलेशन (निजि तथा संस्थागत) मा भर्ना गरिएका ४४ जनामा कोरोना भाईरसको लक्षण नदेखिएपछि स्वास्थ्य मापदण्ड पुरा गर्दै डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।आज विहिबार डिस्चार्ज भएका ४४ जनासँगै बाँकेबाट कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । आजसम्म ३ हजार ४ सय ९१ जनाको कोरोना परीक्षण गरिएको छ भने बिरामी निको हुने दर ९१.४९ रहेको छ । यसैगरी मृत्यु दर १ प्रतिशत रहेको छ भने बाँकेको रोग प्रकोप दर ०.५८ रहेको फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।यो सहित...