Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

‘स्वास्थ्य क्षेत्र सुदृढ बनाउँदैछ’– अर्थमन्त्री पौडेल

‘स्वास्थ्य क्षेत्र सुदृढ बनाउँदैछ’– अर्थमन्त्री पौडेल

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, १५ मंसिर – अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य क्षेत्र सुदृढ बनाउन सरकार लागि परेको बताएका छन् ।आज स्थानीय तहहरूमा ३ सय ९६ अस्पताल शिलान्यास गर्न लागिएको उल्लेख गर्दै मन्त्री पौडेलले सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्र बलियो बनाउने रहेको बताए ।‘स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनेतर्फ केन्द्रीत भएर आज देशका तीन सय ९६ वटा पालिकामा अस्पताल शिलान्यास गरिँदैछ,’ उनले भने । उनले यो कुरा सोमबार रूपन्देही उद्योग संघको ४३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा भर्चुअल सम्बोधनमा भनेका हुन् । पौडेलले आर्थिक, पर्यटन, उद्योग र सामाजिक गतिविधिका हिसाबले देशकै अग्रस्थानमा रूपन्देही स्थापित हुने पनि बताएका छन् । नेपाली उद्योगी तथा व्यवसायीले उठाउँदै आएका औद्योगिक क्षेत्रको विकास, विद्युत डिमाण्ड शुल्क, ट्रन्कलाइनलगायतको समस्या प्रति ...
लोक सेवाले लिएको नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

लोक सेवाले लिएको नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धनगढी, १५ मंसिर १५– कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुकेश भण्डारी र सुमन खड्का उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा लिइसकेको छ ।‘अर्काको परीक्षा दिने र दिन लगाउने दुवैलाई कानुनअनुसार कारवाही हुन्छ । हामी थप अनुसन्धान गर्दैछौं,’...
नरैनापुरमा तीन सय छियालिस जनाको निःशुल्क परीक्षण

नरैनापुरमा तीन सय छियालिस जनाको निःशुल्क परीक्षण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ मंसिर – बाँके युनेस्को क्लबले नरैनापुर गाउँपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आईतवार आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३ सय ४६ जनाले आँखाको परीक्षण गराउनुका साथै औषधी समेत पाएका छन् । कतार च्यारेटीको आर्थिक सहयोग र नरैनापुर गाउँपालिका तथा नेपाल नेत्र ज्योती संघ बाँके फत्तेबाल आँखा अस्पतालको सहकार्यमा क्लबद्धारा आयोजना गरिएको सो निःशुल्क आँखा शिविरमा सो क्षेत्रका ३ सय ४६ जना सर्वसाधारण आँखा परीक्षणका लागि आएका थिए ।आँखा शिविरमा आएकाहरुको निःशुल्क आँखा परीक्षण गरिनुका साथै उनिहरुलाई औषधी र केहीलाई चश्मा समेत वितरण गरिएको र त्यहाँ आएका मोतियाविन्दु भएकाहरुको शल्यक्रिया समेत निःशुल्क गरिने क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले ८० जनाको शल्यक्रिया गर्नु पर्ने देखिएकोले उनीहरुको फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनिहरुलाई अस...
राप्तीसोनारीमा १५ शैय्याको अस्पताल सञ्चालन

राप्तीसोनारीमा १५ शैय्याको अस्पताल सञ्चालन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राप्तीसोनारी, १४ मंसिर – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरमा स्थापित राप्तीसोनारी अस्पतालले आज आईतबारबाट औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याएको छ ।उक्त अस्पतालको प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । अस्पतालको उद्घाटन गर्दै प्रमुख अतिथी थारुले अस्पतालको सेवालाई गुणस्तरिय बनाउने प्रतिबद्धता जनाउनुभयो । सरकारको नीति अनुसार राप्तीसोनारीमा १५ शैय्याको अस्पताल सञ्चालन गरिएको र अस्पताल स्थापना भएपछि गाउँपालिकाबासीलाई धेरै राहत मिलेको बताउनुभयो । नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार अस्पताललाई नियमित रुपमा सञ्चालन गरिने र अस्पताल सञ्चालनका लागि कार्यविधी बनाउने तयारीमा गाउँपालिका रहेको पनि जानकारी दिनुभयो । “अस्पताल नामाकरणका लागि विभिन्न नाम प्रस्ताव भएपनि अन्तिममा राप्ती सोनारी अस्पताल नामाकरण गर्ने हामीले सर्वसम्मत रु...
युनेस्कोद्वारा बाँकेका अतिविपन्न ९० परिवारका लागि हैण्डपम्प जडान

युनेस्कोद्वारा बाँकेका अतिविपन्न ९० परिवारका लागि हैण्डपम्प जडान

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १३ मंसिर – खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ९० वटा खानेपानी धारा जडान गरेको छ । बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० अति विपन्न परिवारले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोले उनीहरुको घरमा खानेपानी धारा जडान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले आर्थिक अभावका कारण खानेपानीको धारा राख्न नसकेकाहरुको घरमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा धाराहरु जडान गरिएको बताउनुभयो ।नरैनापुर गाउँपालिका २ मा ४५ घर परिवारका लागि ४५ वटा र नेपालगन्ज २० मा ४५ वटा परिवारका लागि ४५ वटा गरेर ९० वटा हैण्डपम्प जडान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । ...
विपद प्रतिकार कार्ययोजना बनाउँदै नरैनापुर

विपद प्रतिकार कार्ययोजना बनाउँदै नरैनापुर

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १३ मंसीर – बाँकेको अति पिछडिएको र दुर्गम गाउँ कार्यपालिकाको रुपमा रहेको नरैनापुर गाउँपालिकाको विपद व्यवस्थापन शाखाले पुर्व तयारीका लागि बिभिन्न निर्णय हरु गरेको छ । बिगतको अनुभव हरु बाट सिक्दै विपद व्यवस्थापन शाखाले बिपदका बेला सक्षमरुपले सामना गर्न र क्षति न्युनीकरणका लागि तयारी थालेको हो । गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले जुनसुके बिपद वा महामारीमा अकालमै ज्यान गुमाउने मृतकका परिवारलाई २५ हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।यस्तै गरि कोरोना कहरका बेला नागरिक हरुलाई शुरक्षित राख्नका लागि स्थानिय विपद व्यवस्थापन समितिले पुर्व तयारी प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढने विपद व्यवस्थापन शाखा संयोजक लक्ष्मीकान्त मिश्राले बताए ।समितिको पहिलो बैठकले पुर्व तयारी प्रतिकार्य योजना पुस्तिका निर्माण गर्ने, सामुदायिक बन उपभोक...
नरैनापुरमा आईतबारदेखि पठनपाठन सुचारु हुने

नरैनापुरमा आईतबारदेखि पठनपाठन सुचारु हुने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १३ मंसिर – नरैनापुर गाउँपालिकामा आईतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आईतबारदेखि खुल्ने भएका हुन् ।स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आईतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जय किसान माविमा पठनपठान शुरु हुनेछ । ती विद्यालयका पनि माध्यमिक तह (कक्षा ९ देखि १२) को पढाई हुनेछ ।कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाई क्रियाकलाप अबरुद्ध भएकाले मन्त्रालयको कार्यढाँचा अनुसार आइतबारदेखि विद्यालय सुचारु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।पछिल्लो समय नरैनापुरमा कोरोना नदेखिएपनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी व...
हिन्दु राष्ट्रको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्याली (फोटो फिचरसहित केही झलकहरु)

हिन्दु राष्ट्रको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्याली (फोटो फिचरसहित केही झलकहरु)

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १३ मंसिर – “राजा ल्याऔं देश बचाऔं, राजा नआए प्रजाको विनाश हुन्छ”, भन्ने नाराका साथ हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाका लागि नेपालगन्जमा शनिबार हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको छ । हिन्दु राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल ¥यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड, पुष्पलाल चोक, सुर्खेत रोडको वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाईनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेका छ ।नेपालको राष्ट्रिय झन्डा तथा भगुवा झण्डा बोकेर र्यालीमा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो । https://www.youtube.com/watch?v=bpgdmURHGxE...
‘सरकार भ्रष्टाचारमा लिप्त’ केन्द्रीय सदस्य बस्नेत

‘सरकार भ्रष्टाचारमा लिप्त’ केन्द्रीय सदस्य बस्नेत

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १३ मंसिर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भएको छ ।नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद केन्द्रीय खेलकुद विभागले शुक्रबार नेपालगन्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै जनताको म्यान्डेट पाएको सरकार भ्रष्टचारमा लिप्त हुनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।‘जनतालाई विकास र सम्बृद्धिको आशा जगाएको सरकार अहिले भ्रष्टचारमा उन्मुक्त भएको छ’ उहाँले भन्नुभयो– ‘अर्को चुनावले यसको हिसाव किताव दिने छ ।’ उहाँले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका नखेलेकोमा आक्रोस पोख्नुभयो ।लकडाउनका कारण ठूलो संख्यामा भित्रिएका नेपाली अहिले वेराजगार भएर फेरि विदेश पस्नु सरकारको नालायकीपन भएको टिप्पणी गर्नुभयो । ‘ज्यानको जोखिम मोलेर अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरु भारत गइरहेको स...
अपडेटः बाँकेमा ८ महिलासहित २३ जना कोरोना संक्रमित थप

अपडेटः बाँकेमा ८ महिलासहित २३ जना कोरोना संक्रमित थप

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ मंसिर – शुक्रबार बाँकेमा २३ जना कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् ।बाँकेका तिन वटा ल्याबमा गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार शुक्रबार बाँकेकै ल्याबमा गरिएको परिक्षणमा अन्य जिल्लाका १८ जनामा समेत संक्रमण देखिएको छ । केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा जिल्ला भित्रका ८ र जिल्ला बाहिरका १०, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १३ र जिल्ला बाहिरका ५ तथा बागेश्वरी पोलिक्लिनिक प्रा.लि. को ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको सँख्या ३८४७ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी प्रेस नोटमा...