Friday, January 16सत्यम खबर
Shadow

अपडेटः बाँकेमा ८ महिलासहित २३ जना कोरोना संक्रमित थप

नेपालगन्ज, १२ मंसिर – शुक्रबार बाँकेमा २३ जना कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् ।
बाँकेका तिन वटा ल्याबमा गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार शुक्रबार बाँकेकै ल्याबमा गरिएको परिक्षणमा अन्य जिल्लाका १८ जनामा समेत संक्रमण देखिएको छ ।


केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा जिल्ला भित्रका ८ र जिल्ला बाहिरका १०, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १३ र जिल्ला बाहिरका ५ तथा बागेश्वरी पोलिक्लिनिक प्रा.लि. को ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको सँख्या ३८४७ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमण मुक्त हुँदै बाँकेबाट ४ जना डिस्चार्ज भएका थिए । आईसोलेशन सेन्टरमा बस्दै आएका ३ महिला र १ जना पुरुषलाई शुक्रबार बिहान डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ८७ पुगेको छन् भने हाल विभिन्न आईसोलुसनमा २ सय २२ जना उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *