Monday, April 27सत्यम खबर
Shadow

विपद प्रतिकार कार्ययोजना बनाउँदै नरैनापुर

नरैनापुर, १३ मंसीर – बाँकेको अति पिछडिएको र दुर्गम गाउँ कार्यपालिकाको रुपमा रहेको नरैनापुर गाउँपालिकाको विपद व्यवस्थापन शाखाले पुर्व तयारीका लागि बिभिन्न निर्णय हरु गरेको छ । बिगतको अनुभव हरु बाट सिक्दै विपद व्यवस्थापन शाखाले बिपदका बेला सक्षमरुपले सामना गर्न र क्षति न्युनीकरणका लागि तयारी थालेको हो ।


गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले जुनसुके बिपद वा महामारीमा अकालमै ज्यान गुमाउने मृतकका परिवारलाई २५ हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।
यस्तै गरि कोरोना कहरका बेला नागरिक हरुलाई शुरक्षित राख्नका लागि स्थानिय विपद व्यवस्थापन समितिले पुर्व तयारी प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढने विपद व्यवस्थापन शाखा संयोजक लक्ष्मीकान्त मिश्राले बताए ।
समितिको पहिलो बैठकले पुर्व तयारी प्रतिकार्य योजना पुस्तिका निर्माण गर्ने, सामुदायिक बन उपभोक्ता समुहहरुको बीच छलफल तथा अन्तक्रिया गरी पहाडे खोला, नाला नजिक वृक्षरोपण तथा डढेको नियन्त्रणका लागि अग्नी रेखा निर्माण गराउने, शितलहरमा गाउँ भित्र तथा चोक चोकमा दाउरा व्यवस्थापन गर्ने समेत निर्णय गरेको जनाएको छ ।
यस्तैगरि शितलहरमा जेष्ठ नागरिक, एकल महिला, असहाय, अपांगहरु लाई न्यानो कम्बल वितरण गर्न योजना बनाउने, कोभिड १९ मा खटिएका कर्मचारिलाई सम्मान गर्ने, वडा स्तरिय विपद ब्यवस्थापन समिति गठन, विपद प्रतिकार पुर्व तयारीका सामाग्रि खरिद, विपद प्रतिकारका लागि सचेतना कार्यक्रम सँचालन, विद्यालयहरुमा विपद सम्बन्धि सचेतना तथा विपदको शाखातर्फबाट स्वास्थ्य सामाग्रि खरिद गर्ने लगायत निर्णय गरिएको शाखाका सँयोजक मिश्राले बताए ।
आकस्मिक रुपमा आई पर्ने बिपद सँग सामना गर्न गाउँपालिकाले १ करोड बजेट समेत छुटटयाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *