बाँकेमा सात वटा सार्वजनिक शौचालय निर्माण गर्दै युनेस्को क्लब
नेपालगन्ज, १२ मंसिर – बाँके युनेस्को क्लबले जिल्लाका पाँचवटा पालिकाको सात वटा स्थानमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा सातवटा सार्वजनिक शौचालय निर्माण गर्न शुरु गरेको छ ।सर्वसाधारणको बढी उपस्थिति हुने र आवागमन हुने ठाउँमा शौचालय नहुँदा समस्या हुने गरेको हुँदा जिल्लाका सात वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न शुरु गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले बाँकेको कोहलपुर नगरपालिकाको कोहलपुर चौराहा र मदन चोकमा, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ कोहला र वडा नम्बर २ मियापुरमा तथा खजुराको कृषि हाटबजारमा, राप्तीसोनारीको शमसेरगन्जस्थित सर्पदन्स अस्पतालको छेउमा र बैजनाथ गाउँपालिकाको गाभरस्थित लायन्स पार्कमा सर्वसाधारणका लागि शौचालय निर्माण गरिने बताउनुभयो ।ती शौचालय निर्माण गर्दा आवश्यकता हेरेर नगरपालिका र गाउँपालिकाले सिफारिस गरेको हुँदा सोही स्...





