Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

अपडेटः थप दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

अपडेटः थप दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ मंसिर – दाङको तुलसीपुरका दुई जना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहाका ४५ वर्षका एक पुरूषको गए राति मृत्यु भएको हो । उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको थियो । फाईल फोटो उनी गत मंसिर ८ गते अस्पताल भर्ना भएका थिए ।यस्तै तुलसीपुर ५ का ८१ वर्षिय एक पुरूषको कोहलपुर मेडिकल कलेजमा गए राति मृत्यु भएको छ । उनी मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।...
३० किलो गाँजासहित धनीराम यादव नियन्त्रणमा

३० किलो गाँजासहित धनीराम यादव नियन्त्रणमा

अपराध, प्रदेश ५, समाचार, समाज
नरैनापुर, १८ मंसिर – बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ जयरामपुरुवा स्थिति धनीराम यादवको घरबाट ठूलो मात्रामा ३० किलो गाँजा बरामद गरिएको छ ।गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोजभगवानपुरबाट खटिएको प्रहरी टोलीले यादवको घरको खानतलासी गर्दा ३० किलो गाँजा ५ बोरामा बरामद भएको इलाका प्रहरी कार्यालय प्रमुख बसन्त गौतमले जानकारी गराउनुभयो । Man in handcuffs यादवले घरमै गोदाम बनाएर गाँजा राखि कारोबार गर्दै आएको स्रोतको दावी रहेको छ ।बारोमा प्याक गरेर राखिएको गाँजालाई प्रहरीले नियन्त्रणमा लिंंदै तौल गर्दा ३० किलो रहेको र यादवलाई नियन्त्रणमा लिई म्याद थप गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाईएको इलाका प्रहरी प्रमुख गौतमले बताउनुभयो ।...
अपडेटः हालसम्म कोरोनाका कारण बाँकेका ३९ को मृत्यु

अपडेटः हालसम्म कोरोनाका कारण बाँकेका ३९ को मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ मंसिर – बाँकेमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका कोहलपुर नगरपालिका वडा नं. २ का ७४ वर्षिय बृद्धको बिहिबार बिहान मृत्यु भएको छ । फोटो फाईल जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर ६ गते अस्पताल भर्ना भएका ७४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार देखिएको थिएन ।यसैबिच उपचार कै क्रममा बिहिबार बिहान २ बजे उनको मृत्यु भएको हो ।यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउने बाँकेवासीको संख्या ३९ पुगेको छ ।...
सिमाक्षेत्र महेशपुरमा सशस्त्र प्रहरीको बिओपी भवन शिलान्यास

सिमाक्षेत्र महेशपुरमा सशस्त्र प्रहरीको बिओपी भवन शिलान्यास

प्रदेश ५, समाचार, समाज
(राप्तीसोनारी) १७ मंसिर – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने सिमावर्ती क्षेत्र महेशपुरमा सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास गरिएको छ । नेपाल–भारत सिमा अन्तर्गत पर्ने उक्त ठाउँमा बिओपी स्थापनाका लागि बुधबार धार्मिक विधिपुर्वक भवन शिलान्यास गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी लाहुराम थारुले भवन शिलान्यास गर्नु भएको हो । भवन शिलान्यास गरिसकेपछि बोल्दै उहाँले जनताले अहिलेसम्म सिमा स्तम्भको सुरक्षा गर्दै आएकोमा अब सुरक्षाकर्मीसँग मिलेर सुरक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु आफ्नो राष्ट्र र राष्ट्रियता प्रति बफादार रहेको बताउनुभयो । गाउँपालिकाले भवन निर्माणको काम छिट्टै सम्पन्न गर्ने उहाँको भनाई छ । यस्तै विशिष्ट अतिथी एवम् सशस्त्र प्रहरी बल सम्शेरगन्जका डिएसपी जनकराज पन्तले उक्त भवनलाई...
सरसफाई कर्मचारीलाई सुरक्षा सामग्री सहयोग

सरसफाई कर्मचारीलाई सुरक्षा सामग्री सहयोग

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ मंसिर – नेपालगन्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ ।उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । नगर प्रमुख डा. धवलशम्शेर राणाले कोरोनाको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो ।उप–महानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई साम्रगी सहयोग गरेको हो । उपप्रमुख उमा थापा मगरले सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई माक्स, ग्लोब्स, सेनिटाईजर, पिपिई, गम्बुट लगायतका १४ प्र...
लजिज पिज्जा हाउस तेस्रो बर्षमा प्रवेश

लजिज पिज्जा हाउस तेस्रो बर्षमा प्रवेश

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १६ मंसिर – नेपालगन्जको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस मंगलवार तेस्रो बर्षमा प्रवेश गरेको छ ।पछिल्लो क्रममा नेपालगन्जमा विभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि पिज्जा हाउस सञ्चालन गरिएको पिज्जा हाउसका प्रमुख आदित्य गुप्ताले बताउनु भयो । अघिल्लो दुई बर्षमा विभिन्न किसिमका चुनौतीलाई पार गरि ग्राहकको ईच्छा अनुसार सञ्चालन गरिएको प्रमुख गुप्ताले बताउनु भयो । आफु तेस्रो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा १० प्रतिशत छुटको समेत् व्यवस्था गरिएको उहा“को भनाई छ ।यस दुई बर्षमा पिज्जा हाउसलाई मन पराएर पाल्नु हुने ग्राहकलाई धन्यवाद दिंदै ग्राहकको चाहाना हाम्रो सन्तुष्टिको मुलानारा सहित आउने समयमा पिज्जा हाउसलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना छ । लिज्जा पिज्जा हाउस नेपालगन्जका प्रमुख नेपालगन्ज जेसिस बर्ष २०२० का कोषाध्यक्ष समेत हु...
दुई समुह बिच झडप हुँदा एकको मृत्यु, १२ नियन्त्रणमा, ६ घाईते

दुई समुह बिच झडप हुँदा एकको मृत्यु, १२ नियन्त्रणमा, ६ घाईते

प्रदेश ५, समाचार, समाज
जानकी, १६ मंसिर – बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बनियाँ गाउँमा सोमबार साझ पाँच बजे तिर स्थानीयहरु बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।झडपमा जानकी गाउँपालिका वडा नम्बर ५ का ५६ वर्षीय धनिराम यावदको मृत्यु भएको हो भने झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, रामनारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु लगायत ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आजबाट सुरु भएको गुरुवा गाउँको मेलामै उनीहरु बिच बिबाद र झडपको स्थिति सृजना भएको थियो भने त्यही बिबाद गाउँमा आएर पुनः बल्झिदा उक्त घटना भएको हो । उनीहरुबीच पुरानो रिसिवी रहेको छ । महिला बच्चाबच्चीमाथि अन्धाधुन्ध कुटपिट गरेको यादव परिवारको आरोप छ ।झडपमा घाइते बनेका यादवलाई उपचारका लागी अस्पताल पुराइएको भए पनि उनको उपचार कै क्रममा मृत्यु भएको हो । घाइतेहरुको नेपालगन्जको नर्सिङ होममा उपचार भइरहेको छ ।प्रहरीले घट्नाम...
नरैनापुरमा पाँच शैय्याको अस्पताल सञ्चालनमा

नरैनापुरमा पाँच शैय्याको अस्पताल सञ्चालनमा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १६ मंसिर – नरैनापुर गाउँपालिकामा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बीच कोभिड अस्थायी अस्पतालको उद्घाटन गर्नुभयो । वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैय्याको अस्पताल सञ्चालनमा आएको हो । संघीय सरकारले भदौ २३ गते हरेक स्थानीय तहलाई कम्तिमा पाँच शैय्याको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघले १० लाख रुपैयाँ पठाएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य नमुनाले पाँच शैय्याको अस्पताल सञ्चालनमा आएसंगै संक्रमितलाई उपचारार्थ नेपालगन्ज लैजानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । प्रारम्भिक चरणमा कोभिडको सर्वा...
पूर्वमन्त्री राइद्वारा भेन्टिलेटर खरिद गर्न ४५ लाख विनियोजन

पूर्वमन्त्री राइद्वारा भेन्टिलेटर खरिद गर्न ४५ लाख विनियोजन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ मंसिर – पूर्वमन्त्री एवं संघीय सांसद मोहम्मद इस्तियाक राईले सांसद विकास कोषबाट भेरी अस्पताललाई ४५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।आफ्नो संसद विकास कोषबाट भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि उनले ४५ लाख बजेट बिनियोजन गरेका छन् । पूर्व सहरी विकासमन्त्री समेत रहेका सांसद राईले यसअघि पनि भेरी अस्पताललाई भेन्टिलेटरका लागि रकम विनियोजन गरेका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको गम्भीर लापरवाहीले उक्त रकम फ्रिज भएको थियो ।भेन्टिलेटर खरिद भए भेरी अस्पतालमा उपचारका लागि आउने विरामीलाई ठूलो राहत मिल्ने छ । कोरोना रोकथाम, नियन्त्रण र निदानका सवालमा पूर्वमन्त्री राईले सक्रियरुपमा भूमिका निभाउँदै आएका छन् ।...
खजुरामा १५ शैय्या अस्पतालको शिलान्यास

खजुरामा १५ शैय्या अस्पतालको शिलान्यास

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १५ मंसिर – बाँकेको खजुरा गाउँपालिकामा १५ शैय्या अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शैय्या अस्पताल निर्माण गर्न लागिएको हो । नेपाल सरकार संघको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले आज सोमवार एक समारोहका वीच शिलान्यास गरेका छन् । १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोकायले अस्पताल निर्माणमा बजेटलगायतका कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता जनाए । सरकारले सर्वसुलभ स्वास्थ्य उपचारका लागि देशका ३९६ स्थानमा आज एकै पटक शिलान्यास गर्दा बाँकेको खजुरामा पनि १५ शैयाको अस्पतालको शिलान्यास हुनु आफैमा महत्वपूर्ण रहेको बताउँदै सांसद रोकायले लोकतान्त्रिक सरकार जनतालाई सेवा दिन तत्पर रहेको उल्लेख गरे...