Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

डुडुवाद्वारा बीउ उत्पादन सुरु, १४२ क्विन्टल उन्नत जातको बीउ भण्डारण

डुडुवाद्वारा बीउ उत्पादन सुरु, १४२ क्विन्टल उन्नत जातको बीउ भण्डारण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा ८ वैशाख – किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई बीउ पुग्ने गरी तयार गरिएको हो । डुडुवाले आफ्नै किसानसँग रु पाँच लाख ६८ हजार बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन गरेको उहाँले बताउनुभयो । धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो । उहाँका अनुसार किसानलाई बीउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्य...
सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सवमा ६४ जनाद्वारा रक्तदान

सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सवमा ६४ जनाद्वारा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ बैशाख – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा आज आईतवार बैंक कर्मचारी, पत्रकार, व्यवसायी महिला पुरुष गरी ६४ जनाले बैशाख ७ गते रक्तदान गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेशकुमार ढंगाना र नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँरले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोमप्रकाश सापकोटालाई सुनिता ओली, बर्षाकुमारी खडकालाई प्राबिधिक सन्दिप आचार्यलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । १८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेशकुमार ढुंगाना, बिजयकुमार झाँ, भूमिका ओली, सुनिता ओली, बर्...
बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्दै नन्द इन्टरटेन्मेन्ट

बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्दै नन्द इन्टरटेन्मेन्ट

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पाेखरा, ७ बैशाख - बिगत लामो समयदेखि नन्द इन्टरटेन्मेन्ट हाउस पोखराले बालबालिकाहरु रहेका प्रतिभालाई उजागर गर्दै आइरहेको छ । नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा पोखरा चाइल्ड स्टार सिजन - ४ सम्पन्न भएको छ ।   नन्द इन्टरटेन्मेन्ट हाउसले आयाेजना गरेकाे पोखरा चाइल्ड स्टार सिजन -४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्। शनिबार साँझ पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फकाे शीर्ष स्थान हासिल गरे। पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते।   महिला तर्फ प्रथम रनरअप ग्रीष्मा गौतम, दोस्रो रनरअप पुनम सेन ठकुरी घोषित भइन्। ब...
भारतीय क्लबलाई ४–० ले हराउँदै पुलिस लुम्बिनी कपको सेमिफाइनलमा प्रवेश

भारतीय क्लबलाई ४–० ले हराउँदै पुलिस लुम्बिनी कपको सेमिफाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ वैशाख – अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार बाँकेको नेपालगन्ज रंगशालामा भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउँदै नेपाल पुलिस क्लबले जित सुनिश्चित गरेको हो । पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक गोल गरेका हुन् । सुमन सुवेदीको कप्तानीमा रहेको पुलिसले पहिलो हाफमै चार गोल गर्न सफल भएको थियोे । मिनाले खेलको १३ औं मिनेटमै पहिलो गोल गरिन् भने पाँच मिनेटपछि नै निर्मलाले पुलिसको लागि दोस्रो गोल गरेकी हुन् । खेलको १८ मिनेटमै दोस्रो गोल बेहोरेपछि भारतीय क्लब दबाबमा आएको थियो । भोरतीय टोलीले २२औं मिनेटमा तेस्रो गोल बेहो¥यो । रक्षकले बक्सभित्र हातले बल छोएपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए । निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोल...
दोस्रो शारदा मेयर कप T-20 क्रीकेट प्रतियोगिता सुरु

दोस्रो शारदा मेयर कप T-20 क्रीकेट प्रतियोगिता सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सल्यान, ६ बैशाख - शारदा नगरपालिका र क्रिकेट संघ सल्यानको समन्वयमा आयोजना गरिएको दोस्रो शारदा मेयर कप T-20 क्रीकेट प्रतियोगिता शनिबार लुहापिङ खेल मैदानमा सुरु भएको छ । कार्यक्रम शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको अध्यक्षता र ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । प्रमुख अतिथि महर्जनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै शारदा नगरपालिकाले खेल क्षेत्रको प्रवर्द्धनमा राखेको योगदानको प्रशंसा गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै, भविष्यमा क्रिकेटको विकासका लागि ललितपुर महानगरपालिकाबाट आवश्यक सहयोग गरिने बताउनुभयो । शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले प्रतियोगितालाई मर्यादित, अनुशासित र सफल बनाउन खेलाडी र प्रशिक्षकहरुलाई निर्देशन दिँदै सहभागी पालिकाहरुलाई धन्यवाद प्रकट गर्नुभयो। उहाँले भगिनी सम्बन्ध कायम रहेक...
लुम्बिनी कप महिला फुटबलः आर्मी चार शुन्यले बिजयी

लुम्बिनी कप महिला फुटबलः आर्मी चार शुन्यले बिजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ वैशाख – अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा भित्रुवन आर्मी सेमी फाइनलमा प्रवेश गरेको छ । शनिबार त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शुन्य गोल अन्तरले त्रिभुवन आर्मी बिजयी भएको हो । यो जित संगै त्रिभुवन आमीले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ । त्रिभुवन आर्मीका तर्फबाट अनिता लम्जेलले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गर्न सफल भइन । पहिलो हापमा अनिताले गरेको गोल त्रिभुवन आर्मीका लागि निकै फलदायी वन्न पुग्यो । यस्तै खेलको ५३ औ मिनेटको दोस्रो हापमा पनि अनिताले नै एक गोल गरिन । यसैगरी खेलको ५६ औ मिनेटमा हिमा चौधरीले एक गोल गरीन भने तुलसा बोहोराले खेलको ७८ औ मिनेटमा गरेको गोलले भित्रुवन आर्मीलाई ४ गोल दिलाउन सफल भयो । आजको खेलको म्यान अफ दि म्याच दुई पटक गो...
डुडुवाद्धारा योजना कार्यान्वयन

डुडुवाद्धारा योजना कार्यान्वयन

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ५ बैशाख – बाँकेको डुडुवा गाउँपालिकामा विकास निर्माणको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । गत वर्षको निर्माण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सडक, भौतिक पुर्वाधार, नाला, मर्मत सम्भार लगायतका कार्य भईरहेको छ । गाउँपालिकाको वार्ड नं. ६ मा केही दिन एउटा सडकको निर्माणको कार्य शुरु भएको छ । हिरिमिनियाको मुल सडकदेखि निर्माणाधिन कोल्ड स्टोरसम्म ८ सय २८ मिटर लामो सडकको निर्माण शुरु भएको हो । उक्त सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै ग्रामिण क्षेत्रमा अवातजावतका लागि सडकको राम्रो सुविधा नभएकाले सडकलाई प्राथमिकतामा राखी निर्माण गरिएको बताउनुभयो । उहाँले सडक, विज...
तानसेन फार्मेसीद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तानसेन फार्मेसीद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ बैशाख – तानसेन फार्मेसी नेपालगन्जको सहकार्यमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । तानसेन फार्मेसीले निःशुल्क औषधि वितरणका साथै महिला तथा स्त्री रोग विशेषज्ञ डा. कुलदीप आचार्य, मेलिकल अधिकृत डा. पुरुषोत्तम बर्मा, तानसेन फार्मेसी सञ्चालक परमेश वैश्य, ल्याब टेक्निसियन निता सुनार, सहयोगी सुनिता अधिकारीको टीमसहित सहकार्य गरिएको थियो । सोही क्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य शिविर बारे जानकारी गराईएको थियो । उक्त कार्यक्रमको अध्यक्षता गुलरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष जोगिराम थारुले गरेका थिए । प्रमुख अतिथि गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादव रहेका थिए भने विशिष्ट अतिथि डा. कुलदीप आचार्य रहेका थिए । कार्यक्रममा गुलरिया नगरपालिका स्वास्थ्य शाखा प...
लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ बैशाख – नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको छ । नेपालगन्ज रंगशालामा हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यशाला खेलकुद पत्रकार मञ्च बाँकेको आयोजना तथा अन्तराल नेपालगन्जको सहकार्यमा गरिएको हो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल विधामा पहिचान बनाउनु भएका प्रशिक्षक पत्रकारहरुले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा फुटबल रिपोर्टिङ र लेखनका बिषयमा एशियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष तथा विविसी संवाददाता निरञ्जन राजवंशी, खेल र न्यु मिडियाका बारेमा नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष एंव खेलाडी डट कमका प्रवन्ध सम्पादक अजय फूयाल, खेल र प्रविधिका बिषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी र खेल फोटो पत्रकारिता र मोवाइल पत्रकारिताका बिषयमा...
पाँच भेरियन्टसहित सात रंगमा रोयल इन्फिल्ड सार्वजनिक

पाँच भेरियन्टसहित सात रंगमा रोयल इन्फिल्ड सार्वजनिक

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ गते बैशाख – देशको आर्थिक अवस्था जर्जर भएको बेलामा समेत नेपालगन्जमा व्यापारीहरुले ठूलो जर्मको गरी लगानी बढाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० स्थित रहेको रोयल इन्फिल्ड शाखाले रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरिन्ट सार्वजनिक गरेको छ । बाँके आँटो मोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष नरेन्द्र वलीको प्रमुख अतिथि तथा नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष चिरञ्जीवी वलीको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रमको सञ्चालन सार्मथ्य सिंहले गरेका थिए । गौरवशाली विरासत बोकेको रोयल इन्फिल्ड अब नयाँ चम्किलो अवतारमा सात रंगमा पा“च भेरियन्टका बाइक ५ लाख ५५ हजारबाट शुरुवाती मूल्यबाट शुरु भएको जानकारी गराउँदै सञ्चाल सौभाग्य सिंहले ‘पुरानो रोयल इन्फिल्डभन्दा नयाँ लुक, नयाँ फिचरको साथसाथै मूल्य समेत करीब करीब बराबर नै रहेको बताउनु भयो ।’ आज सार्वजनिक गर...