Friday, May 9सत्यम खबर
Shadow

बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्दै नन्द इन्टरटेन्मेन्ट

पाेखरा, ७ बैशाख – बिगत लामो समयदेखि नन्द इन्टरटेन्मेन्ट हाउस पोखराले बालबालिकाहरु रहेका प्रतिभालाई उजागर गर्दै आइरहेको छ । नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा पोखरा चाइल्ड स्टार सिजन – ४ सम्पन्न भएको छ ।

 

नन्द इन्टरटेन्मेन्ट हाउसले आयाेजना गरेकाे पोखरा चाइल्ड स्टार सिजन -४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्।

शनिबार साँझ पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फकाे शीर्ष स्थान हासिल गरे।

पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते।

 

महिला तर्फ प्रथम रनरअप ग्रीष्मा गौतम, दोस्रो रनरअप पुनम सेन ठकुरी घोषित भइन्। बेस्ट क्याटवाक अवार्ड रिहाना बास्तोलाले र बेस्ट पोज अवार्ड गरिमा सिंहले हात पारिन्।

कार्यक्रमको अध्यक्षता आइक्यासका प्रबन्ध निर्देशक समिर थापाले गरेका थिए।

 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली तथा विशेष अतिथिका रुपमा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीको उपस्थिति थियो।

 

फिनालेमा निर्णायकको भूमिकामा सङ्गीतकार रमेश श्रेष्ठ, पत्रकार, गीतकार तथा सङ्गीतकार आरजू बिष्ट ‘सल्यानी’, फेसन मोडल माया गुरुङ, ईञ्जिनियर अनिल ढुङ्गाना तथा प्रमुख निर्णायकको रुपमा प्रो. डा. दिपमाला श्रेष्ठ गुरुङ रहेकी थिइन् ।

 

कार्यक्रमका अतिथि तथा निर्णायकहरुले यस्ता प्रतिस्पर्धाले बालबालिकाको प्रतिभा अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनीहरुले भने, “बालबालिकाले भविष्यमा सफलता हासिल गर्न अभिभावकको निरन्तर साथ र सहयोग अत्यावश्यक हुन्छ।”

 

चर्चित संचारकर्मि दीपेन्द्र सेन शाहीले सहजीकरण गरेको कार्यक्रममा समाजसेवी , बुद्धिजीवी, कलाकार, संचारकर्मी, सुरक्षाकर्मी, विद्यार्थी लगायत अभिभावकहरुको समेत बाक्लो उपस्थित रहेको आयोजक टिमले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *