Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

‘कुलमानलाई फालेर’ सार्वजनिक : सुस्मिता स्याङतानको स्वरमा इमानदार नेतृत्वको समर्थन

‘कुलमानलाई फालेर’ सार्वजनिक : सुस्मिता स्याङतानको स्वरमा इमानदार नेतृत्वको समर्थन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ बैशाख - गायिका सुस्मिता स्याङतानको आवाजमा 'कुलमानलाई फालेर' बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ । गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ...
नेपालगन्जको धम्बोझी मै खुल्यो सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट

नेपालगन्जको धम्बोझी मै खुल्यो सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ गते बैशाख – बाँकेको नेपालगन्ज सहरको धम्बोझी (वीरेन्द्र)चोकमै सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट खुलेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता डम्बरबहादुर चन्दले धम्बोझी चोकमै रहेको महाराजा कम्प्लेक्समा महाराजा रेष्टुरेन्ट खोलेका हुन् । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले सोमबार बिहान महाराजा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका मन्त्री अग्रवालले संघका प्रवक्ता चन्दले छोटो अवधिमै व्यावसायमा प्रगति गरेको देख्दा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । मन्त्री अग्रवालले भने, ‘म गृह जिल्ला भएको बेला यहाँका उद्योगी व्यवसायी साथीहरुले आयोजना गरेका कार्यक्रममा सकभर सहभागी भएर हौसला बढाउने गर्छु । उहाँहरुको प्रगतिमा खुसी हुन्छु ।’ उद्घाटन समारोहमा नेपाल उद्योग वाणि...
मिश्र र डा. राणालाई मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको: पूर्वअध्यक्ष राणा

मिश्र र डा. राणालाई मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको: पूर्वअध्यक्ष राणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, २९ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणालाई प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताएका छन् । ‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो । प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले शुक्रबार भने । हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नु पर्दछ, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने । चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पा...
प्राथमिक शिक्षा वर्गको ७ दिने प्रशिक्षण कार्यक्रम समापन

प्राथमिक शिक्षा वर्गको ७ दिने प्रशिक्षण कार्यक्रम समापन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ चैत – हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेद्वारा आयोजना गरिएको ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रम आज समापन गरिएको छ । ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रममा बाँके र बर्दिया गरी जम्मा ६३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई देशमा रहेको ऐतिहासिक धरोहर, धर्म सांस्कृतिका साथै मौलिक जीवनमा अनुशासित भई आफूलाई कसरी समाज र देश विकासमा लगाउन सकिन्छ भन्ने ज्ञान दिईएको आयोजकद्वारा जनाईएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, विशिष्ट अतिथि पूर्व मन्त्री सर्वदेव ओझा, प्रदेश संघ प्राभारी अधिवक्ता रामकुमार दिक्षीतलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संघ प्रचारक बिपुल दाहाल, ध्रुबराज शर्मा, जिल्ला संघ चालक अध्यक्ष फुलचन्द्र तिवारीको सहभागितामा कार्यक्रम समापन गरिएको थियो । ...
साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २९ चैत – नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वलीले गत चैत २७ र २८ गते आएको हावाहुरी तथा पानीले बाँके जिल्लामा रहेका ६० बढी ईट्टा उद्योगहरु मध्ये आधा भन्दा धेरै ईट्टा उद्योगहरुमा नोक्सानी भएको बताउनु भयो । अध्यक्ष वलीले विभिन्न ठाउँमा रहेका ईट्टा उद्योगीहरुबाट संकलन गरिएको तथ्यांक अनुसार करीब–करीब १ करोड ५० लाख काँचो ईट्टा नोक्सानी भएको बताउँदै सोको अनुमानित मूल्य जोड्दा करीब ५ करोड ५० लाख बराबर नोक्सानी भएको बताउनुभयो । अध्यक्ष वलीका अनुसार श्रद्धा ईट्टा उद्योग, चाचा ईट्टा उद्योग, चाँद ईट्टा उद्योग, देउती ईट्टा उद्योगलगायत ३० बढी ईट्टा उद्योगहरुद्वारा तयार गरिएको कच्चा पदार्थमा हावाहुरी तथा पानीले नोक्सानी भएको बताए । एउटा काँचो ईट्टा तयार गर्दा करीब–करीब ५ रुपैयाभन्दा बढी खर्च लाग्ने गरेको बताईएको छ । सोमा प्रयोग हुने माटो, पानी, मजदुरीलगायत...
७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २८ चैत – लागूऔषध तस्करी रोक्न र तस्करीमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न बहराइचका प्रहरी उपरीक्षकले सञ्चालन गरिरहेको अभियानका क्रममा अतिरिक्त प्रहरी उपरीक्षक (ग्रामीण) दुर्गाप्रसाद तिवारी र इलाका अधिकारी नानपारा प्रद्युम्न सिंहको नेतृत्वमा र इन्चार्ज इन्स्पेक्टर रूपैदिहा दद्दन सिंहको निर्देशनमा सञ्चालित चेकजाँच अभियानको क्रममा नेपालबाट आउँदै गरेको एक लागूऔषध तस्करलाई १ किलो ८०० ग्राम अवैध नेपाली चरेससहित पक्राउ गरिएको छ । इन्चार्ज इन्स्पेक्टर रुपैडिहा दद्दन सिंहले भने कि रुपैडिहा प्रहरी र एसएसबीको संयुक्त गस्तीको क्रममा, जसमा सब इन्स्पेक्टर अशोककुमार, चौकी इन्चार्ज शिवपुर मोहर्निया र युएन सन्तोषकुमार यादव र एसएसबीको संयुक्त टोली थियो । जब उनीहरू आइ.सी.पी.मा सवारी साधन र आउने–जाने मानिसहरूको जाँच गरिरहेका थिए । रोड चेक पोस्ट रुपैडिहामा एक नेपाली व्यक्ति नेपालबाट आउँदै ग...
कविता

कविता

कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
जि शाह रोएर मात्र कहाँ हुन्छ र? जे पाउनु थियो पाएन रे जे चल्नु थियो चलेन रे मान्नु सपना चुर भयो हराउनु पनि कर लाग्यो तुहार के जीवनभर पालेर केही हुन्छ र केही भएको छैन भने हुन्छ नि रोएर मात्र केही हुन्छ र? एकको यस्तो नाम सुनाउनु सजिलोसँग केही पाएको छ जितको आफ्नो ढङ्ग हुन्छ बाटो गाह्रोसँग हुन्छ अप्ठ्यारो छ त अप्ठ्यारो छ डराएर के हुन्छ र केही भएको छैन भने हुन्छ नि रोएर मात्र केही हुन्छ र? संसारले तिमीलाई केही भनेनि जे बोल्छ त्यही बोल्छ नि तिमीहरू त बाटो थाहा छ तिमीहरू के हो आफैलाई थाहा छ पानी परे बीज लगाउन एकदिन फेरि यस्तो आउँछ सुक्छ जे रोपेको थियो कति दिन सुकेको थियो तर खेत बाझो छैन यस्तो सास देखेको छ केही भएको छैन भने हुन्छ नि रोएर मात्र केही हुन्छ र? अब उठ आँसु पुछ वीर भएर सोच जित्नु हार्नु तिम्रो हिस्सा दुईवटै हो तिम्रो किस्सा आउनु भूमि आफै सम्हाल्...
लुम्बिनी कपमा विभागीय टिम सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

लुम्बिनी कपमा विभागीय टिम सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ चैत – लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो । बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने छन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्...
शतक रक्तदाता कर्माचारीले गरे १८२ औं पटक रक्तदान

शतक रक्तदाता कर्माचारीले गरे १८२ औं पटक रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ चैत – नेपाल स्वयंसेवी रक्तदाता समाज के केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्m्नो नियमित रक्तदान कार्यलाई चैत्र २६ गते मंगलवार स्याङ्जा जिल्ला अस्पताल, पुतलीबजारमा १८२ औं पटकको रक्तदान गर्नु भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव बिशाल अर्यालद्वारा सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा रक्त सञ्चार सेवाका प्रमुख साजन सापकोटाको आतिथ्यता एवं प्राबिधिक सहयोगमा रक्तदान गर्नु भएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाको विशेष संयोजनमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष राईले छैटौं पटक रक्तदान गर्नु भएको थियोे ।...
कविता

कविता

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
जि शाह कोशिश गर अवश्य हल निस्किन्छ आज नभएं पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ मेहनत गर फूललाई पानी देऊं सुक्खामा पनि फेरि फल निस्किन्छ तागत जुटाउं हिम्मतलाई आगो देऊं कमजोरको पनि फेरि बल निस्किन्छ शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर समुन्दरबाट पनि त गंगाजल निस्किन्छ कोशिश गर्दै जाऊं केहि गर्दै जाऊं जे रोकेको छ अहिले भइ निस्किन्छ कोशिश गर अवश्य हल निस्किन्छ आज नभएं पनि भोलि निस्किन्छ (पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जि शाह हो ।)...