
नेपालगन्ज, ५ बैशाख – तानसेन फार्मेसी नेपालगन्जको सहकार्यमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
तानसेन फार्मेसीले निःशुल्क औषधि वितरणका साथै महिला तथा स्त्री रोग विशेषज्ञ डा. कुलदीप आचार्य, मेलिकल अधिकृत डा. पुरुषोत्तम बर्मा, तानसेन फार्मेसी सञ्चालक परमेश वैश्य, ल्याब टेक्निसियन निता सुनार, सहयोगी सुनिता अधिकारीको टीमसहित सहकार्य गरिएको थियो ।
सोही क्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य शिविर बारे जानकारी गराईएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता गुलरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष जोगिराम थारुले गरेका थिए । प्रमुख अतिथि गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादव रहेका थिए भने विशिष्ट अतिथि डा. कुलदीप आचार्य रहेका थिए ।
कार्यक्रममा गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख, खैरापुर स्वास्थ्य चौक प्रमुख, समन्वयकर्ता विवेक वली, मनबहादुर वली, अतिथि शिवकुमार चौधरी, पत्रकार कृष्ण प्रसाद आर्यल, चन्द्रेश्वरराज त्रिपाठी, जनकनाथ योगी लगायत सहभागी रहेका थिए ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा करीब १०० जना महिला–पुरुषले स्वास्थ्य सम्बन्धी निःशुल्क सेवा लिएका थिए । जसमध्ये महिलाहरुको स्त्री रोग सम्बन्धी रोगहरु बढी पाईनुका साथै कम्मर दुखाई, पाटेघर, लगायत समस्या देखिएको जनाईएको छ ।
निःशुल्क स्वास्थ्य शिविर अन्त्य पश्चात आयोजकद्वारा सहयोगी तथा समन्वयकर्ताहरुलाई सम्मानका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस