
डुडुवा, ५ बैशाख – बाँकेको डुडुवा गाउँपालिकामा विकास निर्माणको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो ।
गत वर्षको निर्माण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सडक, भौतिक पुर्वाधार, नाला, मर्मत सम्भार लगायतका कार्य भईरहेको छ ।
गाउँपालिकाको वार्ड नं. ६ मा केही दिन एउटा सडकको निर्माणको कार्य शुरु भएको छ । हिरिमिनियाको मुल सडकदेखि निर्माणाधिन कोल्ड स्टोरसम्म ८ सय २८ मिटर लामो सडकको निर्माण शुरु भएको हो । उक्त सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै ग्रामिण क्षेत्रमा अवातजावतका लागि सडकको राम्रो सुविधा नभएकाले सडकलाई प्राथमिकतामा राखी निर्माण गरिएको बताउनुभयो ।
उहाँले सडक, विजुली, पुर्वाधारले नै गाउँ टोलको विकास हुने भएकाले प्रयाप्त बजेटको अभावमा सोचे अनुसारको सडक निर्माण गर्न नसकेको बताउनुभयो ।
रु तीन करोड १९ लाख १८ हजार ६ सय ४८ (भ्याटसहित) को लागतमा रेग्मी कल्पेश्वर जेवी नेपालगन्ज कम्पनीले निर्माणको जिम्मा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो । नालासहित असफाल्ट ककंक्रीट र पिसिसी सडक निर्माण गरिनेछ ।