Wednesday, May 14सत्यम खबर
Shadow

सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सवमा ६४ जनाद्वारा रक्तदान

नेपालगन्ज, ७ बैशाख – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा आज आईतवार बैंक कर्मचारी, पत्रकार, व्यवसायी महिला पुरुष गरी ६४ जनाले बैशाख ७ गते रक्तदान गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेशकुमार ढंगाना र नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँरले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोमप्रकाश सापकोटालाई सुनिता ओली, बर्षाकुमारी खडकालाई प्राबिधिक सन्दिप आचार्यलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

१८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेशकुमार ढुंगाना, बिजयकुमार झाँ, भूमिका ओली, सुनिता ओली, बर्षाकुमारी खडका, हिमा ओली, गोरखबहादुर थापा, लक्षमण बिसी, दिपक शर्मा, प्रतापसिंह बुढा, टिमबहादुर थारु, बिवेककुमार बैश्य, याम नारायण महतो, गणेश खनाल, तुलसी महता, राजकुमार थारु, तेजेश्वर चौधरी, सन्दिप श्रेष्ठ, मोहम्मद फैजान अन्सारी, संगीता धिताल, बिरेन्द्रबहादुर हितान, अमृत खत्री, अभिशेष ओली, दिनेश काँदू, आयुष थापामगर, बिकास खडका, रितेशराज पोखरेल, सुष्माकुमारी थापामगर, प्रमोदकुमार थारु, दिक्षा मोबोलिम्बु, बसन्त भण्डारी, सुरेन्द्रकुमार थारु, बिशाल चौधरी, सन्दिप खनाल, बिमल बम, बिष्णु गुप्ता, शैलेश शर्मा, दीपशिखा खडका, अमृत अधिकारी, रोजन परियार, बसन्ती अर्गताली, अशोकबिक्रम साह, बिशाल ओली, भावना सुनार, मोहित गुप्ता, सन्तोष काँजी शाक्य, गीता कुमारी भुषाल, सुबोध श्रेष्ठ, बसन्त कुवँर, सागर खडका, लक्षमणकुमार भरोसा, पत्रकार जागेश्वरसिंह थारु, केशव खत्री, बिजयकुमार अधिकारी, शंकर कुवँर, हिकमत चौधरी, कबिन शाक्य, सुरक्षा गार्ड धनबहादुर सिंह, पेमा सिरिङ्ग लामा, लुनदीप तामाङ्ग, स्वस्तिका खडका, प्रदी ओली, टिसिरिङ्ग शेर्पा लामा, सुनिल चौधरी लगायत ६४ जनाले रक्तदान गरेका छन् ।

रक्तदाताहरुलाई प्रमाण–पत्र क्षेत्रीय उप–प्रबन्धक बिनय गौतम, गुलरिया शाखाकी प्रबन्धक तेजिता आचार्य, कोहलपुर शाखाका प्रबन्धक दिनेशकुमार ढुंगाना, नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँर, सुवोध आचार्य लगायतले बितरण गरेका थिए ।

सो अवसरमा चन्द्रकुमार ऐर, सुवोध आचार्य, शशी महतो, कृति बेल्बासे, गात्री शर्मा, शशीराज चौधरीको सक्रिय सहभागिता रहेको थियो भने कोहलपुर शाखाका प्रबन्धक दिनेशकुमार ढुंगानाको अथक प्रयासमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटा, सन्दिप आचार्य, दिनेश आले, प्रभुदयाल गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।

यसैगरी १८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखा, कोहलपुर शाखा, सनोश्री शाखा, बढैयाताल शाखा, गुलरिया शाखा गरी ५ वटा शाखाबाट बैंक कर्मचारीहरुको सहभागितामा नेपालगन्जको शाखाबाट प्रभातफेरीको आयोजना गरिएको थियो ।

धम्बोझी चौक, सेतुबिक चौक, न्यूरोड हुँदै घरवारीटोल भएरनेपालगन्ज शाखामा समापन भएको थियो । प्रभातफेरीमा सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय उप–प्रबन्धक (कलष्टर नं.१ का प्रमुख बिनय गौतम, तेजिता आचार्य, दिनेशकुमार ढुंगाना, बिनोद कुवँर, सुवोध आचार्य, सुनिता ओली, नृप खत्री, लक्ष्मी वर्मा, निशा बर्मा, बर्षाकुमारी खडका, गायत्री शर्मा, शशीराज चौधरी, गुञ्जलता गुप्ता, रेनुका रोका, शशीकुमारी महतो, कृति बेल्बासे लगायतको सहभागिता रहेको थियो ।

यस अघि गएको वर्ष २०८१ साल बैशाख ७ गते १७ औं सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *