Friday, May 16सत्यम खबर
Shadow

पाँच भेरियन्टसहित सात रंगमा रोयल इन्फिल्ड सार्वजनिक

नेपालगन्ज, ४ गते बैशाख – देशको आर्थिक अवस्था जर्जर भएको बेलामा समेत नेपालगन्जमा व्यापारीहरुले ठूलो जर्मको गरी लगानी बढाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० स्थित रहेको रोयल इन्फिल्ड शाखाले रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरिन्ट सार्वजनिक गरेको छ ।

बाँके आँटो मोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष नरेन्द्र वलीको प्रमुख अतिथि तथा नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष चिरञ्जीवी वलीको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रमको सञ्चालन सार्मथ्य सिंहले गरेका थिए ।

गौरवशाली विरासत बोकेको रोयल इन्फिल्ड अब नयाँ चम्किलो अवतारमा सात रंगमा पा“च भेरियन्टका बाइक ५ लाख ५५ हजारबाट शुरुवाती मूल्यबाट शुरु भएको जानकारी गराउँदै सञ्चाल सौभाग्य सिंहले ‘पुरानो रोयल इन्फिल्डभन्दा नयाँ लुक, नयाँ फिचरको साथसाथै मूल्य समेत करीब करीब बराबर नै रहेको बताउनु भयो ।’

आज सार्वजनिक गरिएको रोयल इन्फिल्डको नयाँ भेरियन्टलाई सहभागीहरुद्वारा ट्रायल गरिनुका साथै नयाँ बाइक खरिद गर्दा ४० प्रतिशत र ६० प्रतिशतको दरमा बैंक फाइनान्सको समेत व्यवस्था गरिएको सञ्चालक सिंहले बताउनुभयो ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *