पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको सेमिफाईनल सम्पन्न
काठमाण्डौ, २१ भदौ – पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल संघिय राजधानी काठमाडौँमा सम्पन्न भएको छ । बास नेपालले आयोजना गरेको पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको अडिसन राउण्डबाट छानिएका प्रतियोगिहरुको सेमिफाईनल शुक्रबार सम्पन्न भएको हो ।
अडिसन राउण्डबाट छानिएका ६७ जनामध्ये ४५ जनाले सेमिफाईनलमा प्रतिष्पर्धा गरेका थिए । जसमध्ये २२ जना प्रतिष्पर्धीहरु फाईनल राउण्डका लागी छनौट भएका छन् । सेमिफाईनल राण्डमा प्रतिशत पर्दा गरेका ४५ जना मध्ये आर्शिया रोका, आदेश काफ्ले, आश्मी लोहनी, धोजबहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, काजल परियार, कोविद बुढाथोकी, मेलिसा कार्की, प्रथाना अधिकारी, प्रिन्स यादव, सविना खतिवडा, सफलता थापा, श्रेया बुढाक्षेत्री, सिवानी राउत, सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की र युवराज शाहीफाईनल राउण्डमा प्रबेश गरेका छन् ...









