Sunday, September 28सत्यम खबर
Shadow

पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको सेमिफाईनल सम्पन्न

काठमाण्डौ, २१ भदौ – पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल संघिय राजधानी काठमाडौँमा सम्पन्न भएको छ । बास नेपालले आयोजना गरेको पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको अडिसन राउण्डबाट छानिएका प्रतियोगिहरुको सेमिफाईनल शुक्रबार सम्पन्न भएको हो ।

अडिसन राउण्डबाट छानिएका ६७ जनामध्ये ४५ जनाले सेमिफाईनलमा प्रतिष्पर्धा गरेका थिए । जसमध्ये २२ जना प्रतिष्पर्धीहरु फाईनल राउण्डका लागी छनौट भएका छन् । सेमिफाईनल राण्डमा प्रतिशत पर्दा गरेका ४५ जना मध्ये आर्शिया रोका, आदेश काफ्ले, आश्मी लोहनी, धोजबहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, काजल परियार, कोविद बुढाथोकी, मेलिसा कार्की, प्रथाना अधिकारी, प्रिन्स यादव, सविना खतिवडा, सफलता थापा, श्रेया बुढाक्षेत्री, सिवानी राउत, सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की र युवराज शाहीफाईनल राउण्डमा प्रबेश गरेका छन् ।

सेमिफाईनलमा सहभागि भएका प्रतियोगीहरुले मेरो देश, दिगो विकासका लागी सुशासन, प्रतिभा पलायन रोकथामको दिगो उपायहरु, देश बिकासमा युवा, अपाँगता भएका व्यक्तिहरुको न्यायमा पहुँच, जलबायु परिवर्तन र समाधान, प्रविधि र यसको उपयोग, समृद्ध नेपालका आधार, वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण, नेपालमा पर्यटन र यसका सम्भावना लगायतका बिषयहरुमा बक्तव्य दिएका थिए ।


कार्यक्रममा निर्णायक समितिका संयोजक नेपाल सरकारका पूर्ब सचिव तथा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियम र मुल्याँकनका आधारबारे जानकारी गराएको उक्त कार्यक्रममा सहभागिहरुलाई चार मिनेटको समय दिईएको थियो । प्रतियोगितामा पूर्ब कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडका र डा. यमुना घले सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गरेको थियो ।


कार्यक्रममा ह्याण्डीक्याप इन्टरनेशनल राष्टिूय निर्देशक बिरेन्द्र ठकुन्ना, द आर्ट अफ लिभिङ्ग का वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, युथ एडभोकेशीका अध्यक्ष गण्ोश धामी, सामाजिक अभियनता दुर्लभ बोगटी लगायतको उपस्थिती रहेको थियो । बास नेपालका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेका थिए ।


युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्देश्य राख्दै बास नेपालले अघिल्लो वर्षदेखि राष्ट्र ब्यापी रुपमा यो प्रतियोगिता गर्दै आएको छ ।

यसरी फाईनलबाट पब्लिक स्पिच नेपालमा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने एक जना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *