Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, कपिलवस्तु, ९ भदाै - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो । कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप अनुसंधान कार्य भइ रहेको छ। पक्राउ प...
स्थानीय सरकारसँग जनताकाे अपेक्षा

स्थानीय सरकारसँग जनताकाे अपेक्षा

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
-प्रेमचन्द्र झा मितिः २०८२ भदौ ९ गते, सोमबार नेपालको राजनीतिक, प्रशासनिक तथा संवैधानिक विकासक्रममा हाल स्थानीय सरकारको उपस्थिति निर्णायक बन्दै गएको छ। २०७२ सालको संविधानले संघीयता स्वीकार गरेपछि तीन तहको शासन प्रणाली: संघीय, प्रदेश र स्थानीय तहलाई संवैधानिक मान्यता दिएको छ। संविधानले स्थानीय तहलाई "सरकार" को रुपमा परिभाषा गरेको छ, जुन विगतको "स्थानीय निकाय" सँगको संरचनागत भिन्नता मात्र होइन, जिम्मेवारी र अधिकारको दृष्टिकोणले पनि एक क्रान्तिकारी परिवर्तन हो। नेपालको संविधान २०७२ ले स्थानीय तहलाई सरकारको रुपमा स्पष्ट रुपमा परिभाषित गरेको छ। यसअघि स्थानीय निकायका रुपमा रहेका नगरपालिकाहरू, गाउँ विकास समिति (गाविस) हरूलाई नयाँ संरचनागत आधारमा स्थानीय सरकारको रुपमा पुनर्गठित गरिएको हो। संविधानको अनुसूची ८ ले स्थानीय तहका एकल अधिकारहरू तोकेको छ भने अनुसूची ९ ले संघ, प्रदेश र स्थानीय तहबीच सा...
मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ ९ गते, सोमबार नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । खासगरी विज्ञापनमा निर्भर हुने निजी सञ्चार माध्यमहरूको दृष्टिकोणले यो विषयलाई गम्भीर ढंगले बुझ्नु जरुरी छ । नेपालमा सञ्चार माध्यमहरू प्रायः विज्ञापनबाट चल्ने भएकाले यस्तो निषेधले उनीहरूको अस्तित्व र दिगोपनामा प्रत्यक्ष प्रहार गरेको छ भन्ने तथ्यलाई बेवास्ता गर्न सकिँदैन । विज्ञापनको संरचनात्मक स्वरूपमा हेर्ने हो भने सरकारी निकाय, ठूला कम्पनी र बहुराष्ट्रिय उत्पादनकर्ताहरू मुख्य स्रोत हुन्छन् । यिनैम...
भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज

भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ भदाैं – मित्र राष्ट्र भारत उत्तर प्रदेश आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई सम्मानित गर्दै अवधी पत्रकार संघ नेपाल (नाजा)ले कजरी तीज पर्व २०८२ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष समीर अलि सलमानीले गरेका थिए भने नाजाका केन्द्रीय सदस्य चन्दा सिंहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।   नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारितामा मर्यादा र जिम्मेवारी कायम राख्न जोड दिँदै भने, “समाचार लेख्ने बानी बसालौँ, मर्यादित पत्रकारिता गरौँ। पत्रकारमाथि समाजमा उठेका प्रश्नहरूको जवाफ हामीले आफ्नो कर्म र कामबाट दिनुपर्छ।” पत्रकार मह...
बिसमिल्लाह होटल सञ्चालक फरार

बिसमिल्लाह होटल सञ्चालक फरार

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भदौं – नेपालगन्ज उपमहानगरपालिका वडा नं.–११ स्थित बिस्मिल्लाह होटलका सञ्चालक मोहम्मद उमर साईलाई बिरयानी, कवाब, शोर्मा लगायतमा अखाद्य कोलटार रङ्ग प्रयोग र फोहोर ठाउँमा मासु भण्डारण गरेको आरोपमा जिल्ला अदालत बाँकेले ६ महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएको छ । मोहम्मद उमर साईको बिसमिल्लाह होटल मात्र नभई उनकै नामबाट आयुर्वेद न्यू रिल्याक्स स्पा समेत दर्ता रहेको छ । हाल मोहम्मर उमर साई नेपालगन्ज मै रहेपनि प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् भन्ने स्रोतले दिएको जानकारी अनुसार विभिन्न फर्महरु साई कै नाममा दर्ता भएपनि उनले आफ्नो कर्मचारीमार्फत काम गर्दै आएको बताए । बिसमिल्लाह होटलमा तयार गरिएको खाद्यन्न परिकारहरुले प्रत्येक्ष रुपमा मानव जीवनमा हनिकार रहेको खाद्यन्न तथा गुणस्तर विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार बिस्मिल्लाह होटलद्वारा तयार ...
तीजका अवसरमा किसान महासंघद्वारा ८ जेष्ठ महिला सम्मानित

तीजका अवसरमा किसान महासंघद्वारा ८ जेष्ठ महिला सम्मानित

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ७ भदौ - नेपाली काँग्रेस पार्टीमा आबद्ध भइ योगदान पु¥याउने ८ जेष्ठ महिलालाई सम्मान गरिएकोछ । हिन्दुहरुको महान चाड हरितालिका तीजका अवसरमा नेपाल किसान महासंघ नेपालगन्ज वडा नम्बर–६ को कार्यसमितिले शनिबार एक कार्यक्रमको आयोजना गरि जेष्ठ महिलालाई सम्मान गरेको हो । महासंघ वडा सभापति सगुन कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध भइ विशिष्ट योगदान पुर्याउने रमावती दिक्षित, दुर्गा शर्मा, पार्वती कोरी, परमेश्वरी पाठक, भूमी दमेनी, लिला भण्डारी, सुशीला कार्की र विमला गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुबाट जेष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । प्रमुख अतिथी बादीले तीजका अवसरमा समाजमा महत्वपूर्ण भूमिका खेलेका जेष्ठ महिलालाई सम्मान गर्न पाउँदा गौरवको अनुभूती भएको बताईन । उनले पछिल्ला दिन त...
नरैनापुर–२ का वडाध्यक्ष शाहले गर्दा ५ सय घर परिवार अन्धकारमा बस्न बाध्य

नरैनापुर–२ का वडाध्यक्ष शाहले गर्दा ५ सय घर परिवार अन्धकारमा बस्न बाध्य

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, ७ भदौ – नरैनापुर गाउँपालिका वडा नं. २ का स्थानीयहरु अन्धकारमय अवस्थामा बस्न बाध्य रहेको बताईएको छ । नरैनापुर वडा नं. २ बेउचाहवाका स्थानियहरुका अनुसार करीब ४–५ महिनादेखि विद्युत समस्या रहेको तथा यसबारे वडा अध्यक्ष महसुद अहमद शाहलाई पटक पटक जानकारी गराउँदा र विरोधपछि उनले केही समय भित्र ट्रान्सफर्मर जडान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । तर ५ महिना बितिसक्दा समेत उक्त ट्रान्सफर्मर हालसम्म जडान नभएपछि स्थानियबासीहरुको आक्रोश बाहिर आएको बताएका छन् । बेउचाहनाका स्थानिय हारुन खाँका अनुसार यस गाउँमा वडाध्यक्ष शाहको विरोध पार्टीका नेता तथा स्थानियहरु रहेको तथा उनलाई बोट नदिएको हुँदा यहाँ विद्युत, मल, पानी, बाटो लगायतको समस्या हुँदा समेत वडाअध्यक्ष शाहको ध्यान नजाने गरेको आरोप लगाएका छन् । उनका अनुसार त्यहाँको बाटोमा पानीको निकास नहुँदा समेत विद्यार्थी तथा अभिभावकहरुलाई...
वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण

वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ भदौ – नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सुचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी र कार्यकारी निर्देशक राकेशकुमार मिश्रले सूचनाको हक, यसको प्रयोग, फाईदा, सूचना उपलब्ध गराउने प्रक्रिया, सूचना व्यवस्थापन, माग गर्ने प्रक्रिया, स्वतः प्रकाशन, कारवाही तथा क्षतिपुर्तिको व्यवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको समापनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले सूचनाको हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्न वडा कार्यालयमा समेत सूचनाको व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने ब...
कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग

कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
-क्षितिज विक्रम खनाल मितिः२०८२ भदौ ७ गते, शनिबार मानव सभ्यताको प्रारम्भदेखि नै परिवारलाई समाजको आधार मानिएको छ। त्यस परिवारको केन्द्रमा उभिएको पिताको भूमिकालाई सर्वोच्च स्थानमा राखिएको छ। वैदिक सनातन धर्ममा पितालाई केवल जन्म दिने व्यक्तिका रूपमा मात्र नभई, सम्पूर्ण अस्तित्वको आधार, जीवनको पहिलो गुरु र साक्षात् देवताको रूपमा पूजा गरिन्छ। पिताको अतुलनीय महत्त्वलाई सम्मान गर्न, उहाँको त्याग र समर्पण सम्झन, र सन्तानले पितृ ऋणबाट मुक्त हुनका लागि विभिन्न पर्व तथा अनुष्ठानहरूको व्यवस्था गरिएको छ। तीमध्ये कुशे औंसी, जसलाई गोकर्ण औंसी वा पितृ औंसी पनि भनिन्छ,अतः योएक प्रमुख पर्व हो जसले पिता र सन्तानबीचको पवित्र सम्बन्धलाई पुनर्जीवित गर्छ। कुशे औंसीलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र होइन, दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण पर्वका रूपमा हेरिन्छ। सनातन...
कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः२०८२ भदौ ७ गते, शनिबार हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा हरेक पर्वले फरक–फरक अर्थ बोकेका हुन्छन् । तर कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन जसलाई पितृ औंसी पनि भनिन्छ यस समाजका गहिरा भावनात्मक र सांस्कृतिक तहमा प्रभाव पार्ने विशेष पर्व हो । भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व हिन्दू धर्मशास्त्रमा पितृ श्राद्ध र बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा चित्रण गरिएको छ । यो दिन अमावस्याको रात अर्थात चन्द्रमाको पूर्ण अभावको क्षणसँग गाँसिएको छ जसलाई अध्...