गौरब शाहको जन्मोत्सवको अवसरमा १०१ जनाले गरे रक्तदान (फोटोफिचरसहित)
नेपालगन्ज, १४ पौष – “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ गौरव स्मृति तथा वीयोर सेल्फ फाउण्डेशनको आयोजनामा आईतबार भएको रक्तदान कार्यक्रममा १२ महिला र ८९ पुरुष सहित १ सय १ जनाले रक्तदान गरेका छन् ।
फाउन्डेशनका उपाध्यक्ष करण शाहद्वारा सञ्चालित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मधु शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका वरिष्ठ प्राविधिक अधिकृत तथा प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्ट, विशिष्ट अतिथि तथा फाउन्डेशनका जग्गादाता, समाजसेवी माधवराम वर्मा, बासका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार ...









