बाँके क्षेत्र नं. ३ मा एमालेको ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान
खजुरा, १ फागुन – नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै “फागुन २१ का लागि मेरो २१ दिन” अभियान सञ्चालन गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी संगठनलाई परिचालन गर्दै जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत क्षेत्रभित्र रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आ–आफ्नो टोलबस्ती र मतदाताको घरघरमा केन्द्रित भएर काम गर्ने जिम्मेवारी तोकिएको छ । टोलस्तरमा स–साना समूह बनाएर घरदैलो, मतदाता भेटघाट तथा टोलसभा कार्यक्रम सञ्चालन गरिनेछ ।
पहिलो चरणमा सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त सुझाव र अनुभवको आधारमा दोस्रो चरणको रूपमा यो अभियान अगाडि बढाइएको निर्वाचन परिचालन कमिटीका संयोजक रत्न खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संगठनलाई अझ व्यवस्थित बनाउँदै अभियानलाई योजनाबद्ध ढंगले अघि बढाइनेछ ...









