Wednesday, April 8सत्यम खबर
Shadow

मानव अधिकार समितिले सबै पालिकामा समन्वय समिति गठन गर्ने

नेपालगन्ज, २५ चैत – मानव अधिकार जिल्ला समन्वय समिति बाँकेले सबै पालिकाहरुमा स्थानीय तह समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसका लागि सबै पालिकाहरुमा पत्राचार गर्ने निर्णय गरिएको हो । समितिको आज जिल्ला समन्वय समितिको सभाहल नेपालगञ्जमा सम्पन्न बैठकमा समग्र जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल समेत गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकारको संरक्षण र प्रबद्र्धनको अवस्थाका बारेमा छलफल गरिएको हो ।

मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलबस्तुको सहकार्य एवम् पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए ।

माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सिमान्तकृत समुदायको सशक्तिकरणका लागि काम गर्ने निगमले बताउनुभयो ।मधेश मानव अधिकार गृह (माहुरी होम) का केन्द्रीय अध्यक्ष राम दयाल ठाकुर ले माहुरी होमले मधेशी, अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला र मुस्लिम लगायतको मानव अधिकारको संरक्षण, संबद्र्धन र सम्मानमा काम गरिरहेको जनाउँदै सो कार्यमा जनप्रतिनिधि र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । मधेश मानव अधिकार गृह (माहुरी होम) का सल्लाहकार दिनेश चन्द त्रिपाठी, मधेश मानव अधिकार गृह (माहुरी होम) का सदस्य सीता चाैधरीलगायतको सहभागीता रहेको छ ।

संरक्षण परियोजना पिबिआई नेपालको सहयोगमा बाँके, दाङ र कपिलवस्तुमा सञ्चालित छ । माहुरी होमका बाँके जिल्ला अध्यक्ष एवम् संरक्षण परियोजनाका सामाजिक परिचालक दिनेश ठाकुरले बताउनुभयो । उहाँले माहुरी होमले सञ्चालन गरेको संरक्षण परियोजना अन्तर्गत अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान तथा सामाजिक न्याय प्राप्तिको अवस्था विषयक बैठक आयोजना गरिएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *