Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ फागुन - नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को उपाधि सुपरस्टार दोजाङ्ग जित्न सफल भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित सुपरस्टारले ६ गोल्ड, ३ रजत र ५ काश्य पदक जित्दै प्रतियोगितामा उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा खजुरा गाउँपालिकास्थित जिगाउँ तेक्वान्दो द्धित्तीय स्थानमा चित्त बुझाएको छ । जिगाउँले प्रतियोगितामा ३ गोल्ड, ४ रजत र २ काश्य पदक जित्न सफल भएको हो । यस्तै प्रतियोगितामा कोहलपुरको पिपरीस्थित मदन नगर तेक्वान्दो तृतीय स्थान रहन सफल बन्यो । मदननगरले ३ गोल्ड र ३ रजत जितेको छ । यसैगरी प्रतियोगितामा पुरुषतर्फ इशाक परियार र महिलातर्फ सविता थारु बेस्ट प्लेयर बन्न सफल रहनुभयो । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगर, आयोजक आदर्श तेक्वान्दो दो...
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहंम : केन्द्रीय सदस्य थापामगर

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहंम : केन्द्रीय सदस्य थापामगर

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ फागुन - नेपालगन्जमा शुक्रबारबाट प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ सुरु भएको छ । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै थापा मगरले आफुहरुलेसमेत खेलेको इतिहास नेपालगन्ज रंगशालासँग जोडिएको बताउनुभयो । प्रतियोगितामा सहभागि भएका खेलाडीहरुले शशक्त ढंङले खेलेर प्रतियोगिता सफल बनाउन अनुरोध गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा भएका प्रतियोगितामा बाँके खेलाडीको योगदानले नै नेपालले मेडलहरु ल्याउन सफल भएको समेत थापामगरले उल्लेख गर्नुभयो । देशका लागि खेलाडीहरुको भूमिका अहम रहेकाले सम्पूर्ण खेलाडीहरुप्रति संघले गर्व गरेको थापाले उल्लेख गर्नुभयो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा भएको उद्घाटनमा जिल्ला खेलकुद विकास समिति...
कुर्सीको परीक्षा

कुर्सीको परीक्षा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
कल्पना पौडेल ‘जिज्ञासु’ मितिः २०८२ फागुन ८ गते, शुक्रबार मञ्चमा उभिएर ठूला शब्द उछाल्न सजिलो छ क्रान्ति, आमूल परिवर्तन, जनवादको पुल तरेर समाजवाद हुँदै साम्यवादको आकाश छुने सपना। तर, कमरेड क्रान्ति घोषणाबाट होइन, चरित्रबाट जन्मिन्छ। आकाशतिर औँला ठड्याउँदा खुट्टामुनिको जमिन कहिल्यै हल्लिएको छ कि छैन फर्केर हेरेका छौँ ? घरको आँगनमै डर उम्रिन्छ, मौन बस्छ, अदृश्य सामन्त भित्ताभित्रै जरा हाल्छ। घरमै हारेर संसार जित्ने नारा कहिल्यै इतिहास बनेको छ ? यी जरा उखेल्न नसकी कुन परिवर्तनको दाबी ? कुर्सी चढेपछि शब्द आदेश बन्छ, अनुहारमा जनता होइन सत्ताको ऐना टाँसिन्छ। कुर्सी पुरस्कार होइन, चरित्रको परीक्षा हो। चुनाव आउँछ आदर्शको ठाउँमा नोटका माला, भाषणको ठाउँमा सम्झौता, राष्ट्रको ढोकामा साम्राज्यको छायाँ लम्पसार। मत होइन, आत्मा साटिएको दिन हार सुर...
छवि बैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको समिक्षा

छवि बैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको समिक्षा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ फागुन – विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा छवि बैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको समीक्षा तथा नेपाल शाखा मातहतका विभिन्न शाखाहरूको पुनर्गठन गरिएको । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका उपाध्यक्ष ऋषिराम सापकोटाको सभापतित्व एवं विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सल्लाहकार, लुम्बिनी प्राबिधिक बिश्व बिद्यालय सेवा आयोगका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.कृष्णप्रसाद घिमिरले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रमको पहिलो चरणमा लुम्बिनी प्रदेशमा रहेर साहित्य सेवामा समर्पित प्राज्ञ महानन्द ढकाललाई सम्मान गरिनुका साथै विनेसाम लुम्बिनी प्रदेशलाई उचाई प्रदान गर्नुहुने प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेललाई कदर–पत्र प्रदान ग...
आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा

आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ फागुन - नेपालगन्जमा शुक्रबारबाट हुन लागेको प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा भएको छ । यही फागुनको ८ र ९ गते नेपालगञ्ज रंगशालामा हुन लागेको प्रतियोगितामा सहभागि हुनेहरुको नामावली, अथितिलगायतको सबै तयारी पुरा भएको आयोजक आदर्श तेक्वान्दो दोजाङ्गले जनाएको हो । विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगन्जमा हालसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागि हुने दोजाङ्गको नामावली आइसकेको, प्रमुख अथितिको टुंगो लागिसकेको छ । प्रतियोगितालाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले उद्घाटन गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषदका कर्मचारी एवं प्रशिक्षकसमेत ...
असल शासन पोष्टले मनायो रजत बर्ष

असल शासन पोष्टले मनायो रजत बर्ष

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ७ फागुन – असल शासन पोष्ट साप्ताहिक पत्रिकाको रजत समारोह नेपालगन्जमा भब्यताका साथ सम्पन्न भएको छ । सुशासनको विट मार्फत निरन्तर प्रकाशन हुदै आएको पत्रिकाको रजत समारोह निर्वतमान प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहको अध्यक्षतामा भएको रजत समारोहमा पत्रिकाले रजत समारोह मनाएकोमा शुभकामना तथा पत्रिका प्रकाशनमा निरन्तर सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान र उत्कृष्ट पाठकलाई सम्मान गरिएको छ । कार्यक्रमका बिच उत्कृष्ट बिज्ञापन दाताको रुपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट पाठकको रुपमा माइति नेपाल नेपालगन्जमा प्रमुख केशब कोइराला र दिदि बहिनी समाज बाँकेका अध्यक्ष रमा देबि शाहलाई सम्मान गरिएको छ । पत्रिका प्रकाशनको क्रमम...
जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र !

जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र !

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र नेपालगन्ज, ६ फागुन – बाँके जिल्ला जानकी गाउँपालिकामा रहेको गौशालामा आर्थिकदेखि जमिनसम्ममा ठूलो चलखेल हुने सम्भावना रहेको स्थानियहरुको आरोप रहेको छ । जानकी गाउँपालिका वडा नं. ४ मा रहेको गौशाला भित्र कार्यरत कर्मचारीहरुले समेत ७ महिना बितिसक्दा तलब नपाएको गुनासो गरेका छन् । कोराना अगाडी त्यहाँका सामाजिक अभियन्तहरुले बाटोमा रहेका गाई–गोरुलाई संरक्षण र व्यवस्थापन गर्नुपर्ने मनसायका साथ खुल्ला चौपाया संरक्षण तथा व्यवस्थापन संस्था गठन गरी जानकी गाउ“पालिका वडा नं. ४, खजुरा खुर्दमा रहेको सरकारी जमिनमा गौशाला बनाएर आर्थिक संकल्न गरी सञ्चालन ल्याएका थिए । त्यसबेला संस्थामा रहेको पदाधिकारीहरुको मनसाय निहित गौसेवा मात्र देखिएको भएपनि पछि गौशाला भएको जमिनमा आँखा गएको रहेछ । त्यहाँ रहेका स्थ...
होस्टेलको आडमा लागूऔषध कारोबार !, सञ्चालिका रंगेहात पक्राउ

होस्टेलको आडमा लागूऔषध कारोबार !, सञ्चालिका रंगेहात पक्राउ

अपराध, आर्थिक, प्रदेश ५
काठमाडौं, ६ फागुन – लागुऔषधसहित एक होस्टेल सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलको आडमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । महानगरपालिका–३१ कात्यायानी चोकस्थित न्यू कश्यप बोईज होस्टलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित होस्टल संचालिका सप्तरी छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया माया कुमारी देवी मिश्रलाई माघ २७ गते मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उक्त होस्टल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले होस्टेलमा छापा मार्ने क्रममा काउन्टरमा लागूऔषध फेला परेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ की मिश्रलाई नियन्त्रणमा लिइएको बताइन्छ । स्रोतका अनुसार होस्टेलमा ब्राउन सुगर...
जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ सम्पन्न

जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – जानकी गाउँपालिकामा “जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२” साँस्कृति कार्यक्रम, स्रष्टा सम्मान, जानकी पर्यटन प्रवर्धन, बर्तमान अवस्था र भावना, छन्दको तरङ्ग कार्यक्रम शनिवार सम्पन्न भएको छ । जानकी गाउँपालिका बाँके र भेरी साहित्य समाज केन्द्रिय समितिको संयुक्त आयोजनामा आयोजित “जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२” साँस्कृति कार्यक्रम, स्रष्टा सम्मान कार्यक्रमका बिशिष्ट अतिथि तथा जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रा.डा. गोपालप्रसाद शर्मा अधिकारी र लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले पानसमा दीप प्रज्वलित गरी महोत्सवको उद्घाटन गर्नु भएको थियो । भेरी साहित्य समाज केन्द्रिय समितिका महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गद्वारा सञ्चालित, भेरी साहित्य समाज केन्द्रिय समितिका अ...
सगरमाथा ई. बोर्डिङ सेकेन्डरी स्कूलले मनायो २१ औं वार्षिकोत्सव

सगरमाथा ई. बोर्डिङ सेकेन्डरी स्कूलले मनायो २१ औं वार्षिकोत्सव

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – सगरमाथा ई. बोर्डिङ्ग सेकेन्डरी स्कूल नेपालगन्जले २१ औं बार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम २०८२ शनिवार भव्यता साथ मनाएको छ । विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. सेकेण्डरी स्कूल कारकाँदोले आफ्नो २१ औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो । स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धन सुदन चौलागाई रहनु भएको थियो । प्रमुख अतिथि चौलागाईले सगरमाथा स्कूलले शिक्षा क्षेत्रमा फड्को मार्दै बाँकेकै नमुना बन्न सफल होस भनि शुभकामना दिनुभएको छ । प्रमुख अतिथि चौलागाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको...