Wednesday, April 8सत्यम खबर
Shadow

दोस्रो योगिनीगोल्ड कप : राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी

खजुरा, २४ चैत – राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड बर्दियाले दोस्रोयोगिनीगोल्ड कप फुटबल प्रतियोगिता सोमबार जित हासिल गरेका छन् ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोलभएको थियो ।

२७ स्टारका निशान्त मगरले खेलको २६औं मिनेटमा आप्mनै पोस्टमा गोल गर्नु भएको थियो । खेलमा राईजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई जेष्ठ नागरिक सोकबहादुर खत्री र स्थानीय समाज सेवी तुलसी पुनले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यसैगरी सोमबारको दोस्रो खेलमा सीतापुर युनाईटेडले मोर्डन एफसीलाई २–० ले पराजित गरेको छ । सीतापुर युनाईटेडको तर्फबाट पहिलो गोल खेलको २५औं मिनेटमा सुजन शाही ठकुरीले गर्नु भएको थियो भने दोस्रो गोल अरुण चलाउनेले ५७ औं मिनेटमा गोल गर्नु भयो । खेलमा सीतापुर युनाइटेडका संगम सारु मगर प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई आयोजक योगिनी युवा क्लबका संस्थापक उपाध्यक्ष नरेन्द्र भारतीर सीतापुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष प्रेम थापाले ट्रफी प्रदान गर्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलजय किसान स्पोर्टस क्लब सैनिक र मानवी स्पोर्टस क्लब नेपालगन्ज बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एक्स आर्मी लेजेन्ड र चन्द्र ज्योति युवा क्लब बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक गणेश राईले बताउनु भयो ।

योगिनी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ ।
चैतको २९ गते सम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवाक्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने आयोजक युवा क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने आयोजकले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *