बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन
नेपालगन्ज, २४ चैत – बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीका विभिन्न खोलाहरुमा अबैध नदीजन्य उत्खननबारे स्थालगत अनुगमन गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृतवको टोलीले राप्तीसोनारी अन्र्तगत गुलरी–ढलैया, जलालाघाट र टिकुलीपुर घाटको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मापदण्ड विपरित मनोमानी ढंङ्गले नदीको बहाब नै परिवर्तन गरि ग्राभेल बालुवा खनेको, खोलामा धेरै हैभी इक्युभमेन्टको प्रयोग गरी अबैध उत्खनन गरेको, अबैध तरिकाले बढी गहिराई खनेको लगायत भेटिएको समन्वय प्रमुख चौधरीले बताउनुभयो ।
सबै खोलामा अहिले अबैध तरिकाले मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन भईरहेकोले त्यसको नियन्त्रण तथा कारवाहीका लागि पहल गरेको उहाँले बताउनुभयो । अबैध उत्खननको नियन्त्रणका लागि स्थ...









