
नेपालगन्ज, ६ बैशाख – मलाई न्याय देउ बालेन सरकार भन्दै पीडित शालिकराम पाठक पत्रकारहरु माझ आएका छन् ।
उनले आईतबार पत्रकार भेटघाट गर्दै विगतमा भएको २३–२४ गतेको जेनजी आन्दोलनमा सहभागिता जनाएको कै हुँदा आफूलाई चाहिए नचाहिएको मुद्दा लगाईएको हुँदा सो मुद्दाबाट छुटकारा दिलाउन बालेन सरकारलाई गुहार गरेका छन् ।

उन न्याय पाउन बारे प्रेस नोट जारी गर्दै ‘भदौं २४ को जन आकोश प्रदर्शनमा सहभागी भएकै आधारमा राज्यको सरकारी निकायहरुले अन्यायपूर्ण तरीकाले प्रतिशोधको भावना साधी पक्षपात पूर्ण तरीकाले म शालिकराम पाठक माथी विभेदपुर्ण तरीकाले मुद्दा लगाउने प्रयास गरियो । भदौं २३/२४ को जेन–जी प्रदर्शन देशै भरी उग्र तरीकाले हुँदा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय तोडफोड आगजनि हुँदा हजारो हजार युवाहरुले सामुहिक रुपमा उक्त प्रदर्शनमा सहभागी भै उक्त घटना घटेको हो । सो घटनाको बारेमा नेपालगन्ज उपमहानगरपालिकाको कम्पाउण्डमा रहेको नगर प्रमुखको गाडी जलि रहँदाका वखतमा म कार्यालय कम्पाउण्डमा जाँदा सो गाडी भित्र रहेको कालो झोला झिक्दा सो मा रहेको नेपाल राष्ट्रको राष्ट्रिय झण्डा बचाउन खोजदा र उक्त गाडी भित्र भण्डा निकाली खाली झोला मात्र फलिएको दृश्यलाई दुष्प्रचार गर्ने उद्देश्यले नमालुम कुन अराजक तत्वले सो को फोटो सामाजिक संजालमा मलाई फसाउने कुनियतले सो को प्रचार प्रसार जोर तोर तरीकाले गरेको हुँदा म कम्पाउण्डदेखि कार्यालयको कुनै पनि कोठामा प्रवेश नगरेको प्रमाणको आधार म संग रहेको मोबाइल नं. ९८४८२५३५०१ को ट्रेस लोकेशनले साबित नगरेको कुरा प्रहरीद्वारा अनुसन्धान हुँदा सो को उल्लेख कहि कतै पाईएको छैन । तसर्थ भिडियो भाइरल भएकै आधारमा २०८२/५/३१ गते जिल्ला प्रहरी कार्यालयमा म स्वयं उपस्थित भै २७ दिन अनुसंधानमा बस्दा कसूर प्रमाणित नहुदाँ मलाई सरकारी वकील कार्यालय बाट हाजिर जमानीमा पठाईएको हुदाँ पछि सरकार पक्ष र जेन – जी पक्ष बीच १० बूँदै समझदारी हुँदा चुनावी वातावरणको मौका छोपी नेपालगन्ज उपमहानगरपालिका र नगर पालिका भित्र रहेको सामाजिक सुरक्षा मुद्दा शाखा, वाणिज्य बैंकको कार्यालयले र राजस्व कार्यालयले गैर कानूनी तरीकाले उपरोक्त उल्लेखित उपमहानगरपालिकाको विषयलाई झन बलियो बनाउने उद्देश्यले मेरो उपर गैर कानूनी रुपमा मैले गर्दै नगरेको अभियोग लगाई बाँके जिल्ला अदालतमा सो कुराको अभियोग पत्र दायर गरेको कुरा विद्यमान छ । म कुनै सामाजिक दल वा राजनितिक दलसँग जोडिएको कुनै पनि संगठनको सदस्य समेत नरेहेको विशुद्ध सामाजिम व्यक्तित्व रही आएको हुँदा बाँके जिल्लाका अधिकांश सरकारी कार्यालयहरु र थुप्रै संघ संस्थाबाट सम्मान पत्र, प्रशंशा पत्र, कदर पत्र पाई विभिन्न सामाजिक कार्य गरेको विभिन्न कार्य खण्डमा प्राप्त गरिएको आम नागरिकको रुपमा चिर परिचित भएकोले मलाई विभेदपूर्ण तरीकाले फसाउने उद्देश्यका साथ पक्ष पात गरी सामाजिक राजनितिक रुपमा घरबार विहिन बनाउने उद्देश्यले सरकारी निकायबाट गरिएकोले सबै पक्षबाट न्यायको लागी हार्दिक अपिल गर्दछु ।’’ भनी उल्लेख गरेका छन् ।

