Friday, April 10सत्यम खबर
Shadow

राजकुमार बर्मा चौथो क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

नेपालगन्ज, २७ चैत – बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा राज कुमार बर्मा चौथो टि–१२ खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

जानकी ३ रमवापुर स्पोर्टस् क्लबको आयोजनामा भएको खेल प्रतियोगितामा नेपालगन्ज वडा नं. ८ को टिमले जानकी वडा नं. ३ को टिमलाई ४ वीकेटले बिजय भएको छ ।

बिजेता टिम नेपालगन्ज ८ ले नगद ५० हजार, मेडल र प्रमाण पत्रद्धरा पुरस्कृत भएको छ भने उपविजेता टिम जानकी ३ ले नगद २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको रमवापुर स्पोर्टस् क्लबका अध्यक्ष जोगराज बर्माले बताए ।

प्रतियोगितामा म्यान अफ द म्याच कुवर धनन्जय, बेष्ट ब्लर रुप भन्द कुर्मी, प्लेयर अफ द तुनामेन्ट रेशम शाही र बेष्ट बेष्टमेन्ट भिम कनोजियाले उपाधि पाएको आयोजकले जनाएको छ ।

खेल समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका वडा नंं. ३ का वडा अध्यक्ष राज कुमार बर्माले बिजेता र उपबिजेता टिमका खेलाडीलाई बधाई दिदै आगामी दिनमा खेल क्षेत्रमा थप प्रगातिको कामना समेत गर्नुभयो ।

 

उहाँले भन्नुभयो, मैले वडामा क्रिकेट प्रतियोगिता राखेर खेलाडीहरुलाई प्रोत्साहन गरेको, यो एउटा सानो प्रयास हो । यसमा सबैको साथ र सहयोग चाहिन्छ । आगामी दिनमा निरन्तर बजेट बिनियोजन गरेर वडा तथा पालिकामा क्रिकेट ग्राण्ड निर्माणका लागि पनि पहल गर्ने उहाँले बताए । खेलाडीहरुलाई थप सक्रिय बनाउनका लागि टिम गठन गरेर आगाडी बढ्ने लक्ष्य समेत उहाँले लिनु भएको छ ।

 

चैतको १५ गते उद्घाटन भै संञ्चालन भएको प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा जानकी, खजुरा र नेपालागन्ज उपहानगरपालिकाबाट खेलाडीहरु प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा जानकी वडा नंं. ३ बाटै ३ वडा टिम दर्ता भएको थियो । वडाका युवाहरु बढि क्रिकेट खेल प्रति रुचि राख्ने भएकाले, ती खेलाडी युवाहरुलाई प्रोत्साहनका लागि यस्ता प्रतियोगिताले खेल अभ्यास गर्न थप सहयोग पुगेको वडा नं. ३ का स्थानीय समाजसेवी धर्मराज बर्माले बताए ।

अगामी दिनमा खेलाडीहरुको मनोबल बढाउनका लागि निरन्तर यस्ता क्रिकेट प्रतियोगिता राख्नु पर्ने उहाँको भनाई थियो ।

खेलको समापन कार्यक्रममा जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राम अँचल धोबी, स्थानीय समाजसेवी, खेलाडी र स्थानीयहरुको उल्लेख्य मात्रमा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *