Wednesday, April 15सत्यम खबर
Shadow

रोयल इनफिल्डको २०२६ गोवन क्लासिक ३५० सार्वजनिक

नेपालगन्ग, २ बैशाख – रोयल इनफिल्डको २०२६ गोवन क्लासिक ३५० मोडल आज बुधबार नेपालगन्ज शोरुममा जिल्ला ट्राफिक प्रमुख कनक शाहीद्वारा सार्वजनिक गरिएको छ ।

रोयल इलफिल्डको नयाँ मोडल सार्वजनिक गर्दै प्रमुख अतिथि एवम् जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले– वाईक राईडरहरुको पहिलो रोजाई रहेको विश्वासका साथै आउने समयमा यस मोडलको गाडीलाई लिएर छिटपुट आउने गरेको ट्राफिक गुनासोलाई सुधार गरी उपभोक्ताहरुले ट्राफिक नियमको पूर्ण पालन गरिने विश्वास व्यक्त गर्नुभयो ।

मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर–इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर – केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

नयाँ मोडलमा ३४९ सीसी Air–oil cooled single cylinder engine जडान गरिएको छ, जसले ६, १०० rpm मा २०.२ bhp power र ४,००० rpm मा २७ Nm torque उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई Laid– back bobber style अनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्यून गरिएको छ । यसको ५– स्पिड गियरबक्सले सहरको भीडभाड देखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित भएको जनाईएको छ ।

मोटरसाइकलमा नयाँ assist–and–slipper clutch, अपग्रेड गरिएको USB Type–C charging port तथा डाउनशिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।

लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रा.लि. का निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे । उहाँका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइन अपमा फरक पहिचान बनाउनेछ । यो मोडल नेपालभरिका सबै आधिकारिक रोयल इनफिल्डको शो रुमहरुमा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *