Sunday, April 19सत्यम खबर
Shadow

ब्रिनोजको सहकार्यमा दार्मा गाउँपालिकामा ६ दिने निःशुल्क शिविर, पहिलो दिन १५९ जनाको चेकजाँच

नेपालगन्ज, ६ बैशाख – दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखा फारुलाचौर, सल्यानको आयोजना तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल, रक्षाचौर दा·को प्राविधिक सहकार्यमा आज आईतबारदेखि ६ दिने निःशुल्क आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

आज आईतबार सम्पन्न निःशुल्क शिविरमा १५९ जना बिरामीहरुलाई आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी स्वास्थ्य उपचार प्रदान गरिएको जनाईएको छ ।

आज आईतबार पहिलो दिन सम्पन्न निःशुल्क शिविरमा महिला ६७ जना, पुरुष ९१ जना गरी जम्मा १५९ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो भने शिविरको आयोजना दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दार्मा–३ मा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सम्पन्न गरिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जनाएका छन् ।

आज चेकजाँच गरिएका मध्ये जम्मा बिरामी संख्या १५९ जना -महिला ६७, पुरुष ९१), कान पाक्ने रोग ६२ जना -महिला २२ जना, पुरुष ४० जना), रहेका थिए भने कान अप्रेशन ४ जना तथा आँखा जाँच ९१ जना, सुगर, प्रेशर र पिसाब जाँच जम्मा ९० जना -महिला ५७, पुरुष ३३) रहेका छन् । एआई प्रविधिबाट क्षयरोगको पहिचान फोक्सोको एक्स–रे गरेका बिरामीहरुको संख्या १ सय १६ जना रहेका छन् । जस मध्ये क्षयरोग भएको शंका लागेका बिरामीहरुको खाकार जाँच १९ जना -पुरुष १०, महिला ९) को चेकजाँच गरिएको जनाईएको छ ।

वरिष्ठ कान जाँच सहायक भिषणकुमार थारुले दिएको जानकारी अनुसार दार्मा गाउँपालिकाको विभिन्न ६ वटा स्थानहरुमा बैशाख ६ गते आज आईतबारदेखि शुरु भई बैशाख ११ गतेसम्म आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी बिरामीहरुको निःशुल्क चेकजाँच गरिने जनाएका छन् ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले दिएको जानकारी अनुसार दार्मा गाउँपालिकाको आयोजनामा गरिने ६ वटा क्याम्पहरुमा दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दार्मा–३ मा बैशाख ६ गते आज आईतबार, ढाकाडाम स्वास्थ्य चौकी, दार्मा–५, त्रीवेणीमा बैशाख ७ गते, भल्चौर स्वास्थ्य चौकी, दार्मा–४, रातामाटामा बैशाख ८ गते, ज्यामिरेचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र, दार्मा–६ मा बैशाख ९ गते, दार्माकोट स्वास्थ्य चौकी दार्मा–१ मा बैशाख १० गते शिविर सञ्चालन गरिने छ भने झ्यारीवा· आधारभूत स्वास्थ्य सेवा केन्द्र दार्मा–२ मा बैशाख ११ गते शिविरको सञ्चालन गरी समापन गरिने जनाईएको छ ।

उक्त ६ वटा स्थानमा आयोजना हुने निःशुल्क आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी शिविरमा ब्रिनोजका कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच भिषणकुमार थारु, दामोदार चौधरी, राप्तीका नेत्र सहायक, सुर्खेत स्वास्थ्य निर्देशनालय लगायतबाट सहकार्य गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *