ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना
नेपालगन्ज, ५ चैत्र – हुलाक सेवा विभाग द्रुत डाँक सेवाले ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी यसको सेवा सुविधा बारे जानकारी गराएको छ । आज विहिबार हुलाक सेवा विभागको आयोजना तथा जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय सहजीकरणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी थिए भने मनमाया ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा सहजीकरण जिल्ला हुलाक कार्यालय बाँकेका वरिष्ठ हुलाक अधिकृत ज्ञानेन्द्र प्रसाद थारुबाट स्वागत मन्तब्य व्यक्त गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै ज्ञानेन्द्र प्रसाद थारुले भने हुलाक सेवा विभागले बाँकेमा यो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोले हामी अगामी समयमा द्रुत डाँक सेवालाई जनतामुखी बनाउने कुरामा हौंसिएका छौं । यथेष्ट प्रचारप्रसार गर्न नसकिएकोले ईएमएस सेवा बारे जनत...









