कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती
नेपालगन्ज, १३ चैत्र – राती सोनारी गाउँपालिका–५ चाचरफर्का स्थित कर्णेराजा मन्दिर परिसरमा æकर्णेराजा मेला तथा सांस्कृतिक महोत्सव–२०८२Æ भव्य रूपमा आयोजना भैरहेको छ ।
स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला तथा महोत्सव चैत ९ गतेदेखि सुरु भई १३ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको चौथो दिन चर्चित गायिका रेखा पोखरेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्नुभएको छ । गायिका रेखा पोखरेलले थारु गित ऐना हेरेर, कपाल कोरेर बोलेको गित प्रस्तुत गर्दा दर्शक उफ्रि उफ्रि नाचेका थिए । गायिका पोखरेलले तिम्रो त भाग्यमा श्री छ भनेपछि झनै दर्शकको हुटिङले मेलाको महोल तातेको थियो ।
भगवानले जुराइदिएको जोडी हो हामी, एक अर्काले रोजेको पाउने हो भाग्यमानी बोलको गितले झनै दर्शक नाच्न सफल भएका थिए । यस्तै देखाउनलाई होइना नि माया, सिम्ता बजार, भाग्यले जहाँस...









