
नेपालगन्ज, २८ बैशाख – रोयल इनफिल्डले आफ्नो नयाँ अर्बन प्रोफारमेन्स रोडस्टर गरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक गरिएको छ ।
दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने रोयल इनफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहले जनाएका छन् । एमडी सिंहका अनुसार गरिल्ला ४५० तीन भेरियन्ट – एपेक्स, दास र फ्लेक्स तथा आठ विभिन्न कलरहरुमा उपलब्ध हुनेछ ।

रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, æ१२५ वर्षको पुरी मोटरसाईकिलि· यात्रालाई मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम भएको बताएका छन् । यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो – चुस्त, सहज र दमदार । नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौंÆ उनले बताए ।

गरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ । यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार ८५ प्रतिशत भन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज परफर्मेन्स दिनेछ । स्लीप कलच इन्जन्स, हाई स्पीड करासि· कमफर्ड मोटरसाइकलमा ६– स्पिड गियरबक्स, एसिसिट तथा स्लीप कलच राइड बाइ वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध रहेको बताएका छन् ।

गरिल्ला ४५० मा ११ लिटर इन्धन ट्याङ्की, एलईडी हेडलाईट, इनटीग्रेटेड टाईल लैम्प, अफस्वीट साईलेन्सर, तथा स्प्रीटेड बेन्च सिल्ट जस्ता फिचर समावेश रहेका छन् । ४३ एमएम सोवा टेलिस्कोप फ्रन्ट फ्रक लिङ्गकेज टाईप मोनो सक र १७ इन्च ट्युबलेस टायरले मोटरसाइकललाई अझ स्थिर र चुस्त बनाउने कम्पनीको दाबी रहेको छ ।

मोटरसाइकलका सबै भेरियन्टमा रोयल इनफिल्डको ४ इन्च टीएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ, जसमा गुगल मेपलगायत सुविधा समावेश गरिएको एमडी सिंहले बताएका छन् ।
नेपालमा गरिल्ला ४५० को बुकिङ कम्पनीले खुला गरिसकेको छ । साथै, डेलिभरी आजैबाट सुरु हुने र नेपालभरका रोयल इनफिल्डका शोरुमहरूमा गुरिल्ला ४५० उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले बार्डरलेस वारन्टी प्रोग्राम पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत विश्वभर रहेका ३,००० भन्दा बढी सर्भिस सेन्टर मार्फत सेवा उपलब्ध हुने बताईएको छ ।

