Wednesday, May 13सत्यम खबर
Shadow

टाइब्रेकरमा धम्बोझीले हरायो न्यु दर्पणलाई

नेपालगन्ज, ३० वैशाख – नेपालगन्जको धम्बोझी क्लबले प्रथम अशोक स्मृति कप -यु–२०)फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।

खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा धम्बोझी क्लबले न्यु दर्पण स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ ।
निर्धारित समयको खेल १–१ को बराबरीमा खेल सकिएको थियो । खेलमा धम्बोझीका गोलकिपर नविनराज परियार प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।

उहाँलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गर्नु भएको थियो ।

श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
पुर्व फुटबल खेलाडी अशोक विकको स्मृतिमा भैरहेको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीलाई सहभागि गराइएको छ । प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम रु.५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनु भएका समाजसेवी तथा खेलप्रेमी लील बहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेष्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ ।
२० वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा–११ -आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत वैशाख ३० गतेबुधबारयोगिनी युवा क्लब र बागमति युवा क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक तिलकवीर सुनारले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *