Thursday, May 14सत्यम खबर
Shadow

१ सय ५७ जनाले गरे रक्तदान

नेपालगन्ज, ३१ बैशाख – बाँकेको बिनौनामा अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बिनौना सेवा केन्द्रको आयोजनामा शिक्षक, कर्मचारी, स्वयंसेवी रक्तदाता लगायत महिला र पुरुष गरी १ सय ५७ जनाले रक्तदान गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका वार्ड नं.–५ बिनौनाको स्वास्थ्य चौकी टडुवाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३० जना महिला १ सय २७ जना पुरुष गरी १ सय ५७ जनाले रक्तदान गरेका छन् ।

अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा रहेको अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका मुख्य प्रबन्धक हरिश चन्द्र के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा कोहलपुर रक्त सञ्चार ईकाई केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका मुख्य प्रबन्धक हरिश चन्द्र के.सी. सहित महिला पुरुष गरी १ सय ५७ जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बिनौना सेवा केन्द्रकी दिलावती थापाका अनुसार बिनौना सेवा केन्द्र, बैजापुर सेवा केन्द, फत्तेपुर सेवा केन्द्रका कर्मचारी र पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

आयोजित रक्तदान कार्यक्रममा शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको सहभागिता रहेको थियो । बैशाख २९ गते अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ गाउँपालिका वार्ड नं.–६ बनकटवा सम्झना चौकमा आयोजित रक्तदान कार्यक्रममा १०८ औं पटक रक्तदान गर्नुभयो ।

कार्यक्रममा संस्था सहायकद्वय चेतकुमारी बुढाथोकी, बिमला बुढामगर, बिनौना सेवा केन्द्रकी प्रबन्धक गीताकुमारी पुनमगर, बैजापुर सेवा केन्द्रका प्रबन्धक भागीरथी लुङगेली, सहायक प्रबन्धक केशरबहादुर डाँगी, फत्तेपर सेवा केन्द्रका प्रबन्धक शमशेर सिंह थारु, संस्थाका सहायक इन्द्रलाल अधिकारी, लक्ष्मी डाँगी, तारा सेन, फलझरिया थारु लगायतको सक्रिय सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रको कोहलपुर रक्त सञ्चार इकाई केन्द्रका प्रमुख राजेन्द्र महतरा, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, सुनिल रत्गैया, सुनिता कुमाई, ओमप्रकाश गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *