
नेपालगन्ज, २९ बैशाख – अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ गाउँपालिका वार्ड नं.–६ बनकटवा सम्झना चौकको आयोजनमा बैशाख २९ गते मंगलवार शतक रक्तदाता सहित ५७ जनाले रक्तदान गरेका छन ।

अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा रहेको अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश चन्द्र के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा शतक रक्तदाता पवन जायसवालले १०८ औं पटक रक्तदान गरेका छन् । यसरी सुनिल रसाइली, सहायक प्रबन्धक जगतराम गडरिया, बिजय सिंह थारु, बिमलकुमार शर्मा, ठगेन्द्र बिष्ट, जनक आचार्य, भरत सुनार, प्रिस्ना ओली, गीता खत्री, प्रमिला भण्डारी, प्रिजाकुमारी राना, हरेन्द्रबहादुर राई, जीवन मल्ल, बिक्रम महार्जन, चन्द्रमणि खडका, बालकृष्ण थारु, मिलन बिसी, अस्मिता पुन, ममता पासी, धर्मबहादुर बडुवाल, भरत सिंह ठकुरी, सुदिप सेडाई, साबित्रा शाही, राधिका राई, दुर्गबहादुर सुनार, समिउल्ला खान, जार्गता शाही, दुर्गाकुमारी शाह, राम सिंह थारु, बिराज सुनार, ईश्वरी बस्नेत, जयकला बिक, निराजन निरौला, सञ्जयकुमार पोखरेल, सबिन आचार्य, आदित्य सुनार, सर्जन पौडेल, राजेश न्यौपाने, अरुणकुमार बुढा, अपर्णकुमार बुढा, लालबहादुर रोकाय, दुर्गाबहदुर ओली, मनबहादुर ओली, गणेशबहादुर खडका, कलपना सुनार, कर्णबहादुर बडुवाल, देबीसरा भण्डारी, बिमला बुढामगर, भद्राकुमारी पुमगर, हेमा थापा, मनोजकुमार थापा, गोबिन्द्रबहादुर खडका, जगत शाही, नबिना पुनमगर, मनिष, जगराम कुम्हार लगायतले रक्तदान गरेका छन् ।

अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ.–६ बनकटवाकी ईन्चार्ज निर्मलाकुमारी महतराका अनुसार कार्यक्रममा सीतापुर सेवा केन्द्र, खजुरा सेवा केन्द, सैनिक सेवा केन्द्र, टिटिहिरिया सेवा केन्द्र, बनकटवा सेवा केन्द्र, रनियापुर सेवा केन्द्र, गनापुर, रझेना सेवा केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो पदाधिकारीहरुको सहभागिता रहेको थियो । यसरी सो कार्यक्रममा बनकटवा सेवा केन्द्रका अध्यक्ष ओमकुमारी ओली, सहायक प्रबन्धक जगतराम गडरिया, संस्थाकी सहायक अर्चना ओली लगायत सर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसै गरी रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा, राजेन्द्र महतरा, राम भक्त लम्साल, पुनम राना, ओम प्रकाश गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
