Wednesday, May 14सत्यम खबर
Shadow

मानव एकता दिवसको उपलक्ष्यमा ६७ जनाद्वारा रक्तदान

नेपालगन्ज, १३ बैशाख – “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज, बाँके शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा आज शनिवार महिला पुरुष गरी ६७ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले ब्यानर वाचन गरी प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

बास नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम, सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख (मुखी) शिवप्रसाद गोडियाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखालाई सहयोग गर्दै आएको र अझ पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अतिथिहरुमा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल लगायत लगायतको उपस्थित रहेको थियो ।

आयोजित रक्तदान कार्यक्रममा बीरेन्द्र पुन, बच्छराज गुप्ता, राजेश कश्यप, गोबिन्द गोडिया, अमन खडका, पकंजकुमार निषाद, सुरज प्रकाश गोडिया, सुशीला कश्यप, जीवन गुरुङ्ग, भूमि मल्ल, माया गुरुङ्ग, लिला रेउले, लक्ष्मी टमटा, सपना खडका, रिता बिक, निर्मला खडका, कोमल शाही, बिजिता मगर, ललिता गुप्ता, अनुप बिक, हिकमत खत्री, रेशमा थापा, कोमलसिंह ठाकुर, बबिता घरुक, स्मृति मल्ल, जय बुढाक्षेत्री, सरोज गुप्ता, ईश्वरी देवकोटा, पुष्कर पटवा, रामसेवक बैश्य, उर्मिला बिक, पार्वती न्यौपाने, सन्दिपकुमार कश्यप, सिर्जन सिंह, माया बस्याल, प्रेमबहादुर खडका, धनबहादुर थापा, पवन कश्यप, अशोक सिंजाली, मनोज गोडिया, सोनू कश्यप, गौतम कश्यप, नारायण कश्यप, राहूल साहू, बाटु शाही, अनिता थारु, उमेश सुनार, प्रदीप सुनार, प्रेमा सञ्जयाल, राधा घरुक सिंह, बिजय मगर, आशा घरुक, मीना रानामगर, दिपककुमार गुप्ता, सिया एम वर्मा, राहूल कश्यप, आर्दश कश्यप, राजेन्द्र साहू, सुरेन्द्रकुमार गोडिया, बाबुदीन गोडिया, बिज्ञ थापा, नन्कुसिंह ठाकुर, शान्ति कुमारी थारु, धु्रब बराल, बिकास आले, बलबहादुर राना क्षेत्री लगायत ६७ जनाले रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा आयोजकले रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरेको थियो ।

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिकका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, होमराज गिरी, दिनेश आले, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिकमा अन्यमा शिक्षक राम सुमिरन मिश्र र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले सहयोग गरेका थिए । सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेका सन्त निरंकारी सेवा दलका सञ्चालक शंकर बस्यालले जानकारी गराएका छन् ।

सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेका सन्त निरंकारी सेवा दलका सदस्य तथा लंगर इन्चार्ज रामखेलावन गोडिया, दिपक गुप्ता, मनोज गोडिया लगायतले कार्यक्रममा भोजनको जिम्मेवारी सक्रिय भई कार्यक्रम सफल गराएका थिए । कार्यक्रममा बिनोदप्रताप शाह, सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेमा आवद्ध रहेका महिला, पुरुषहरुको सहभागिता रहेको थियो ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *