Friday, June 26सत्यम खबर
Shadow

खेल

१८ नं. वडा १ करोड ३० लाख ६२ हजार बजेटसहित कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माणतर्फ केन्द्रित हुने……

१८ नं. वडा १ करोड ३० लाख ६२ हजार बजेटसहित कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माणतर्फ केन्द्रित हुने……

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वार्षिक योजना तर्जुमा तथा वडा भेला आज शनिबार नेपालगन्जमा भब्यरुपले सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक योजना तर्जुमा तथा वडाभेलाको अध्यक्षता वडाअध्यक्ष दिपककुमार बर्माले गरेका थिए । गत आर्थिक वर्ष २०८१/०८२ को कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वडाअध्यक्ष बर्माले पाटेश्वरी आधारभूत विद्यालय, भेरी स्पोटस क्लब तथा कारकाँदो स्पोर्ट क्लबलाई खेलकुद सामाग्री वितरण, वडाबासीका लागि स्वास्थ्उय बिमा कार्यक्रम, दाह संस्कार तथा मृत्यु संस्कार, तिरुपति बालाजी मन्दिर निर्माण, शिव पार्वती मन्दिर सत्संग भवन निर्माण, कालीमाता मन्दिर निर्माण, फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरीद, मानव धर्म सेवा समितिमा सिसिटिभि जडान, वडाको विभिन्न टोलमा पिसिसि तथा स्तरोन्नती, ...
मेयर कप: महिलातर्फ आदर्श माबि र पुरुषतर्फ धम्बोजी माबि प्रथम

मेयर कप: महिलातर्फ आदर्श माबि र पुरुषतर्फ धम्बोजी माबि प्रथम

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ - नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन । शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। युनाईटेडले दोस्रो मै चित्त बुझायो । जय बागेश्वरी मा बि ले सगरमाथा मा. बि. लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो । त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो । मंगल प्रसाद मा. बि. ले युनाईटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो ।   दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी,...
महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा

महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा भएको छ । महिलातर्फ युनाईटेड र आदर्शं माबि तथा पुरुषतर्फ धम्बोजी माबि र जय जनता फाईनलमा प्रबेश गरेका छन । महिलातर्फ बिहिवार भएको सेमीफाईनल खेलमा युनाइटेडले सगरमाथालाई २५–९, १९–२५ र २५–१६ ले तथा आदर्श माबिले जय बागेश्वरीलाई २५–१५, २५–१७ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन। सेमीफाईनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्ने छ । त्यस्तै पुरुषतर्फ भएको सेमीफाईनल खेलमा धम्बोजी माबिले युनाइटेडलाई २५–२२, २५–२१ ले तथा जय जनताले मंगल माबिलाई २७–२५, २५–१४ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन । पराजित हुने युनाईटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे फाईनल ...
आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु

आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ जेष्ठ – प्रथम नगर मावि स्तरीय मेयर कप महिला÷पुरुष भलिबल प्रतियोगिता–२०८२ आज बुधबारदेखी नेपालगन्जमा शुरु भएको छ । पुर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई सहयोग गर्दै आएको बताएका छन् । पुर्व खेलाडी समाज सक्रिय भएर खेलकुद प्रतियोगिता गर्दा नयाँ खेलाडी उत्पादन हुने उनको विश्वास छ । समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपा...
मेयर कप ब्याडमिन्टन: आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम

मेयर कप ब्याडमिन्टन: आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ - नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तरगत ब्वाईज सिङल U-15 तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन। शनिवार सम्पन्न फाईनलमा U-15 तर्फ आर्यनले संस्कार केसीलाई २१-१६, १६-२१ र २१-१६ ले पराजित गर्दै च्याम्पियन भए। केसीले दोस्रो स्थान मै चित्त बुझाए। अभय राजबंशी र सुयोग्य श्रेष्ठ तृतीय भए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद सहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्यन राना उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै आर्यन बुढा उदयमान खेलाडी बाट पुरस्कृत भए। त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढामगर र बिरेन्द्र श्रीषको जोडीलाई २१-१९, १७-२१ र २१-१९ ले पराजित गर्दै प्रथम हुन सफल भए। श्रीष र ब...
प्रथम मेयर कपः ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण

प्रथम मेयर कपः ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शनिवार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो सेमीफाईनलमा अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले राकेश साउद र चन्द्र कलेलको जोडीलाई ६–२१, २१–९, २१–१४ ले पराजित गर्दै फाईनलमा आफ्नो स्थान सुनिश्चित गरेका छन । त्यस्तै ओम चालिसे र कृष्ण रानाको जोडीले दिपक शाही र दिपक बनको जोडी पराजित गर्दै फाईनलमा प्रबेश गरे । यसैगरी ब्वाईज सिङल ग्–१५ तर्फ आर्यन रानाले अभय राजबंशीलाई २१–१५,२१–९ ले पराजित गर्दै फाईनलमा प्रवेश गरे। दोस्रो सेमिफाईनलमा संस्कार केसीले सुयोग्य श्रेष्ठलाई २१–६, २१–११ ले पराजित गर्दै फाईनलको यात्रा तय गरे । फाइनल खेल आज बेलुका ४ बजेदेखि शुरु हुने...
ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा

ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो क्वार्टरफाईनलमा राकेश साउद र चन्द्र कलेलको जोडीले रबि सिग्देल र पवन पुनको जोडीलाई, अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले अभयलाल श्रेष्ठ र शिवराम चौधरीको जोडीलाई, ओम चालिसे र कृष्ण रानाको जोडीले बम बहादुर पुन र सन्तोष शाही र दिपक शाही र दिपक बनको जोडीले जनक सिंह थापा र शाहिल शेखको जोडीलाई पराजित गर्दै सेमीफाईनलमा प्रबेश गरे । त्यस्तै ब्वाईज सिङल U-15 तर्फ आर्यन रानाले झलक भण्डारीलाई, अभय राजबंशीले युवराज सिंह ठकुरीलाई, संस्कार केसीले दिवश मल्ललाई र सुयोग्य श्रेष्ठले दिवाकर शर्मालाई पराजित गर्दै सेमिफाइनलम...
आजदेशि व्याडमिन्टन प्रतियोगिताको शुभारम्भ

आजदेशि व्याडमिन्टन प्रतियोगिताको शुभारम्भ

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा आज शुक्रबारदेखि ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेलमा पूर्व खेलाडीहरु, पूर्व खेलाडी समाज बाँकेका पदाधिकारीहरु, सशस्त्र प्रहरीका डिएसपी, खेलाडीहरु लगायतको सहभागिता रहेको थियो । उपमहानगर प्रमुख बिष्टले उद्घाटन सत्रको शुभकामना मन्तब्य दिंदै पूर्व खेलाडीहरु जस मार्फत देश विदेशमा देशको नाम चिनाउन सफल भएको हुँदा ती पूर्व खेलाडीहरुलाई आउने समयमा उपमहानगरमार्फत सम्मान गर्न सके अझ राम्रो हुने बताउँदै सहभागी खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । आजबाट शुरु गरिएको व्याडमिन्टन खेल प्रतियोगितामा करीब १ सय १६ बढी खेलाडीहरुले नामावली दर्ता गरिएको ब्याडमिन्टन खेलाडी अनिल लाखेले जानकारी गराएका छन्...
नेपालगन्जमा जेष्ठ ९ र १० गते व्याडमिन्टन तथा १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने

नेपालगन्जमा जेष्ठ ९ र १० गते व्याडमिन्टन तथा १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा यही जेष्ठ ९ र १० गते ब्याडमिन्टन तथा जेष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै पूर्व खेलाडी समाज बाँकेद्वारा जानकारी गराउँदै उहाँहरुले – खेलकुद जीवनमा महत्वपुर्ण योगदान पुर्याउनु भएका पुर्ब खेलाडीहरुलाई एउटै मञ्चमा गोलबद्ध गरि उनीहरुको हकहित र संरक्षण गर्नका साथै खेलकुद क्षेत्रको सम्बर्धन गर्ने उद्देश्यले बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा २०८१ साल पौष १६ गते पुर्ब खेलाडी समाज बाँके दर्ता गराईएको बताए । संस्था दर्तासंगै हामीले यस बर्ष नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता तथा बिधालय स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको जनाएका छन् । नेपालगन्ज रंग...
दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिप प्रतियोगिता शुरु

दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिप प्रतियोगिता शुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ बैशाख – दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिन प्रतियोगिता २०८२ को आज भब्यतापूर्वक उद्घाटन गरिएको छ । उक्त च्याम्पियनसिप प्रतियोगितामा सहभागी प्रतियोगीहरुले बिहान ८ बजेदेखि तौल मापन गराएका छन् । जसमा नेपाल भरीबाट प्रतियोगितामा सहभागी भएका फिटनेश क्लबहरुले आ–आफ्नो सहभागिता जनाउँदै कुन समूहमा कति तौल बराबर सहभागिता जनाउने निश्चित गरेका थिए । त्यसैगरी दिउँसो २ बजेदेखि उद्घाटन हुने भनिएको दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिप प्रतियोगिता २०८२ केही समय ढिलो हुन गई करीब ३ः३० बजे नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । प्रमुख अतिथि बिष्टले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै छोटो समयमा स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिप प्रतियोगिता अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सफल भएको...