Thursday, June 12सत्यम खबर
Shadow

आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु

नेपालगन्ज, २८ जेष्ठ – प्रथम नगर मावि स्तरीय मेयर कप महिला÷पुरुष भलिबल प्रतियोगिता–२०८२ आज बुधबारदेखी नेपालगन्जमा शुरु भएको छ । पुर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई सहयोग गर्दै आएको बताएका छन् ।

पुर्व खेलाडी समाज सक्रिय भएर खेलकुद प्रतियोगिता गर्दा नयाँ खेलाडी उत्पादन हुने उनको विश्वास छ । समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपालगन्ज–२ का वडाअध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पुर्बअध्यक्ष निरज गौतम लगायतको उपस्थिती रहेको समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिए ।

उद्घाटन कार्यक्रम सञ्चालन समाजका महासचिव जयन्त शर्माले गरेका थिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका १३ विद्यालयका १० छात्र र १० छात्रा गरी २० वटा टिमको सहभागिता रहेको जनाईएको छ ।

नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुख्य रेफ्री प्रकाश शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *