एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
नेपालगन्ज, १३ वैशाख – विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इन्जुरी समयमा गीता रानाको हेड गोल नै एपिएफलाई बिजयी बनाउन सफल भयो ।
आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।
एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । यता, पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा...









