Friday, June 26सत्यम खबर
Shadow

खेल

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १८ भदौ – नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका नरेन्द्र थापा सर्वसम्मत निर्वाचित भएकाछन् । मंगलबार बाँकेको नेपालगन्जमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले बाँकेका नरेन्द्र थापाको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत अधिवक्ता बलबहादुर चन्दका अनुसार नरेन्द्रको अध्यक्षतामा उपाध्यक्षमा सन्तोष ओली, महिला उपाध्यक्षमा मोतिकला गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुशीराम चौधरी, दिनेश सहानी, खिमबहादुर सोमै थापा र पुजा शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा मनोज भण्डारी निर्विरोध निर्वाचित भएकाछन् । सदस्यहरुमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणीराम बटाला, लक्ष्मण घर्ती, चक्र चिमिला क्षेत्री, सीमा ता...
नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न

नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण - नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १, राप्ती सोनारी गाउँपालिका तथा प्रदेश (क र ख) को प्रथम अधिवेशन शनिबार राप्ती सोनारी गाउँपालिका–२, मदुईमा सम्पन्न भएको छ। नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तप्त पौडेल प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, महासमिती सदस्य महाबिर ओली, पूर्व क्षेत्रीय अध्यक्ष माधवराम खत्री, नेपाली कांग्रेस बाँकेका सदस्य देव बहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारीलगायतले मन्तव्य राखेका थिए। ...
जय माँ ज्वाला स्पोट्र्स क्लबको लाठी प्रशिक्षण शुरू

जय माँ ज्वाला स्पोट्र्स क्लबको लाठी प्रशिक्षण शुरू

आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ श्रावण – जय माँ ज्वाला शक्ति केन्द्र स्पोट्र्स क्लब लाठी समिति नेपालगन्ज बाँकेले मंगलवार नेपालगन्जमा एक कार्यक्रम आयोजना गरी लाठी प्रशिक्षण कार्यक्रम शुरू गरेको छ । दशै अगावै शुरु भएको यो खेल, जसको महत्व नेपालमा मात्र नभई, भारत र बंगलादेशमा प्रचलित रहेको छ । बंगाली संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ र शारीरिक कौशल, आत्मरक्षा तथा सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ । लाठी खेलको विशेषताको बारेमा बताउ“दै नेपालगन्जका लाठी गुरु, प्रशिक्षक राजकुमार आर्यले भने, ‘लाठी खेलमा ६ देखि ८ फिट लामो बाँसको लाठी प्रयोग गरिन्छ, जसलाई फलामको छल्लाले बलियो बनाइन्छ । यो खेलमा लाठीलाई कुशलतापूर्वक चलाउने, आक्रमण र बचाउ गर्ने, र विभिन्न शारीरिक चालहरू प्रदर्शन गर्ने कला समावेश हुन्छ ।’ अभ्यासकर्तालाई ‘लाठियल’ भनिन्छ । नरम बाँसको लाठी वा छोटो ‘बारी’ (ब्याटन) प्रयोग गरी नकली लडाइँ (नोरी ब...
संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान

संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण – बाँके जिल्ला स्टे«न्थलिफ्टिङ्ग संघद्वारा “१२औं वल्र्ड स्टे«न्थलिफ्टि· एण्ड इनक्लाईन बेन्च प्रेस च्यामपियनशिल २०२५” थाईल्याण्डमा सम्पन्न खेलमा नेपालबाट सहभागी खेलाडीहरुले देशको नाम उच्च गर्न सफल भएकोले स्वागत तथा सम्पन्न गरेको छ । संघका अध्यक्ष बेनी टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट केही कारणबस सहभागी नभएपनि खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष टण्डनले देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई भब्य स्वागत तथा सम्मान गर्दै अगामी दिनमा समेत यसैगरी बधाई तथा शुभकामना व्यक्त गर्न पाउने आशा रहेको बताउनुभयो । आज नेपालगन्जमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन संघका सचिव शेखरकाजी थापाले गरेका थिए । सचिव थापाले मेडल बिजेता खेलाडीले बाँकेको नाम...
१२औं विश्व स्टे«न्थ लिफ्टि·मा नेपालले दोस्रो स्थान हासिल गर्दै ७ गोल्डसहित १४ मेडल जित्न सफल

१२औं विश्व स्टे«न्थ लिफ्टि·मा नेपालले दोस्रो स्थान हासिल गर्दै ७ गोल्डसहित १४ मेडल जित्न सफल

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ श्रावण – १२औं बिश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई बि पि च्याम्पियनसिप (१६ देखी १९ जुलाई २०२५) थाईलेण्डको पटायामा नेपालबाट ९ जाना खेलाडिले विभिन्न तौल समुहमा भाग लिएकोमा नेपालले १४ पदक जित्दै टिम इभेन्टमा दोस्रो स्थान हासिल गरी देशको नाम उच्च गर्न सफल भएको छ । पुरुष तर्फसिनियर ६० के जि करन बाडिया आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छन् भने २२० केजी उचालेर बिश्व रेकर्ड समेत कायम राखेका छन् । यसैगरी, सिनियर ६८ के जि मोहित गुप्ता आईबिपिमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउच मेडल जित्न सफल भएका छन् भने सानू कान्छा लामा आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा सिल्बर जित्न सफल भएका छन् । यसैगरी केदार मान स्थापित आईबिपिमा गोल्ड मेडल जित्न सफल भएका छन् भने सन्तोष काजी शाक्य आईबिपिमा सिल्बर मेड...
प्रदेश मन्त्री अग्रवालद्वारा रंगशालाको अवलोकन

प्रदेश मन्त्री अग्रवालद्वारा रंगशालाको अवलोकन

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ असार – लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशालाको सोमवार अवलोकन गर्नु भएको छ । उक्त अवसरमा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको अन्य संरचना समेतको अवलोकन निरीक्षण गर्नुभयो । सो क्रममा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको कबर्ड हल, स्विमिङ पुल, शुटिङ रेन्ज लगायतको निरीक्षण गरि अवस्थाको बारेमा जानकारी लिनुभयो । क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले हालसम्म सम्पन्न पूर्वाधार निर्माण कार्यहरूको जानकारी गराउँदै भौतिक संरचनाको संरक्षण तथा थप विकासका लागि प्रदेश सरकारबाट सहयोगको आग्रह गर्नुभयो । त्यस्तै स्थानीय खेलकर्मी एवं समाजसेवी फरमान अली सिद्दीकी (सोनु सिद्दीकी) ले बाँकेमा रहेका खेलकुदका भौतिक संरचनाहरुको संरक्षण गर्न तथा यस जि...
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० असार – गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि ८ असार १२ देखि १४ गतेसम्म पोखरामा हुने ‘गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता’ मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली आज पोखरातर्फ प्रस्थान गरेको छ । १३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढी बर्दियामा आयोजित बिदाई कार्यक्रममार्फत औपचारिक रूपमा बिदाई गरियो । कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेरणादायी मन्तव्य दिएका थिए। लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष जयन्तकुमार शर्माले टोलीको मेहनत, समर्पण र अनुशासनको प्रशंसा गर्दै महिला खेलाडीहरूले प्रदेशको गौरव बढाउने काम गर्दै आएको बताउनुभयो । उहाँले गण्डकी कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीको झन्डा फर्फराउनेमा आफू विश्वस्त रहेको जीकिर गर्दै यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई नेतृत्व र प्रेरणाको अवसर पनि भएको उल्लेख गर्नुभयो...
डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु. ५६ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु. ५६ करोड बढीको बजेट सार्वजनिक

आर्थिक, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० असार – डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संघिय सशर्त अनुदान चालुतर्फ रु २४ करोड, २५ लाख, संघिय समपुरक अनुदानतर्फ रु १ करोड, विशेष अनुदान (प्रदेश)तर्फ रु १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ रु ७५ लाख, प्रदेश ससर्त अनुदान रु १ करोड २० लाख र आन्तरिक आयतर्फ रु ५ करोड ८७ लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको हो । नयाँ आर्थिक वर्ष २०८२÷...
नेपालगन्जमा सम्पन्न भयो “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२”

नेपालगन्जमा सम्पन्न भयो “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२”

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
८६ जना विद्यार्थीको सहभागिता, ११ विधामा प्रतिस्पर्धा नेपालगन्ज, ८ असार – पूर्व खेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा आयोजित “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले गर्नुभयो । सम्पन्न प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ (आदर्श स्कुल) प्रथम, दिप्शन पुन मगर (शिखा एकेडेमी) द्वितीय र रियान जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । गल्र्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, समिरा रास्कोटी (बागेश्वरी एकेडेमी) द्वितीय तथा अंशु घिमिरे (बागेश्वर...
वडा नं. १ मा सार्वजनिक सुनुवाई  तथा वडाभेला सम्पन्न

वडा नं. १ मा सार्वजनिक सुनुवाई  तथा वडाभेला सम्पन्न

आर्थिक, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ ले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्ने स्थानीय वडा वासीहरुले आफ्नो वडा सामाजिक जवाफदेहिता र पारदर्शितामा अग्रणी रहेको बताएका छन् । १६५ जनाको सहभागिता रहेको कार्यक्रममा वडाबासीले वडाको प्रशंसा गर्दै स्थानीय सरकारको अभ्यास भएसँगै वडाले नियमित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको र त्यसको प्रभाव समुदायमा देखिएको बताएका छन् । नागरिक र वडा विच दोहोरो अन्तरसंवाद गरी नागरिकहरुका रचनात्मक सुझावहरु संकलन गर्ने, वडाले प्रवाह गरेका सेवा सुविधाहरुको बारेमा पृष्ठपोषण संकलन गर्ने, नागरिकहरुका सुझाव, सल्लाह र गुनासाहरु संकलन गर्ने उद्द साथ वडाले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो । बास नेपालले सहजिकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अथिति वक्तका रुपमा उपस्थित भएका नेपालगन्ज उपमह...