शुभम् शर्मा : नेपालगन्ज, २९ चैत्र – बाँके जिल्लाकाे ईतिहास बाेकेकाे नारायण उच्च माध्यमिक विधालय नेपालगन्जका कक्षा ११ र १२ का विधार्थीहरूले आज आईतबार स्वागत तथा विदाई कार्यक्रम भब्य रूपमा आयाेजना गरि मनाएका छन् ।
उक्त कार्यक्रम कक्षा ११ र १२ का १५० जना छात्रछात्राहरूले संयुक्त रूपमा विधालयका शिक्षक प्रतिनिधि तथा मुख्य अतिथि कृष्णा थापाकाे प्रमुख आतिथ्यता र कक्षा १२ का छात्रा बिष्णुमाया राेकाकाे सभापतित्वमा फरक तवरले मनाएका छन् ।
कक्षा ११ का छात्रछात्राहरूले कक्षा १२ का छात्रछात्राहरूलाई मायाकाे चिनाे प्रदान गरि विदाई गरेकाे थिए भने कक्षा १२ का छात्रछात्राहरूले कक्षा ११ का छात्रछात्राहरूलाई मायाकाे चिनाे प्रदान गरि स्वागत गरेका थिए ।
कार्यक्रममा कलाकार छात्रछात्राहरूले आ-आफ्नाे दामदार प्रस्तुतिद्वारा उपस्थित अन्य छात्रछात्राहरू तथा शिक्षक/शिक्षिकाहरूलाई मनाेरञ्जन गराएका थिए । उनीहरूले देखाएकाे कलामा नृत्यकाे सबैले प्रशंसा गरेका थिए ।
कार्यक्रममा हिन्दी, नेपाली र थारू गीतमा नृत्य प्रस्तुत गरिएकाे थियाे भने गजल, शायरी, कविता, गीत आदिकाे प्रस्तुति दिई अन्य गैरसरकारी विधालय (बाेर्डिङ्ग) सरह सरकारी विधालयले समेत विधालयकाे नाम चम्काउन कुनै कसर बाँकी नराख्ने सन्देश दिएका थिए ।
जसकाे देखासिखी अन्य उच्च माध्यमिक विधालयहरूले गर्नुपर्ने देखिन्छ । यस विधालयका छात्रछात्राहरूद्वारा फरक तवरले आयाेजित कार्यक्रमले महँगाे फिस तिरी बाेर्डिङ्ग स्कुलमा पढाउने अभिभावकहरूलाई शिक्षक/शिक्षिकाहरू याेग्य भए विधार्थी थप याेग्य हुन सक्ने उदाहरण ईतिहास बाेकेकाे नारायण माविले दिएका पाईन्छ ।
स्थानिय सरकारले सरकारी विधालयमा वार्षिक कराैडाे लगानी गरेकाे पाईन्छ । तर पनि आम अभिभावकहरूकाे राेजाईमा गैरसरकारी विधालयहरू किन पर्ने गरेका छन् ? यसबारे किन माैन हुन्छन् स्थानीय सरकारका जनप्रतिनिधिहरू ? उनकै आफ्नै सन्तान किन महँगाे बाेर्डिङ्ग स्कुलमा पढ्ने गरेका हुन्छन् ? अब जनप्रतिनिधिहरूले आम गरिब, जेहेन्दार सर्वसाधारणका बच्चाहरूलाई उच्च तहकाे याेग्य शिक्षा दिन सरकारी विधालयहरूमा भएका कमिकमजाेरीहरूलाई नियन्त्रण गर्न सक्दाे पाईला चाल्ना आवश्यक रहेकाे शिक्षाप्रेमी उमेशनाथ मिश्राले बताउनुभयाे ।
कार्यक्रममा शिक्षक/शिक्षिका कृष्णा पाण्डेय, प्रेम शर्मा, हेमन्तराज काफ्ले, माया गिरी, यशाेदा नेपाली, सुवेश श्रेष्ठ, सन्दीप कश्यप, मदन चन्दलगायतकाे उपस्थिति रहेकाे थियाे भने सत्यमखबरका सञ्चालक तथा समाज जागरण साप्ताहिकका सम्पादक चन्द्रेश्वरराज त्रिपाठीलाई मायाकाे चिनाे प्रदान गरि सम्मान गरेका थिए ।