Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेठ – ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’– आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’– सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वा...
अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ जेठ – आफ्नो माँग सम्बोधन नभएपछि डुडुवा गाऊँ पालिका वडा नं.५ र ६ का वडा अध्यक्षले डुडुवा गाऊ पालिका कार्यालय घेराउ गर्न निर्णय सार्वजनिक गरेका छन । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएका भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गर्ने निर्णय सार्वजनिक गरेका छन । वडा अध्यक्ष अनुसार स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाऊँ पालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्ष सम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर...
चलचित्र संघद्वारा वरिष्ठ निर्देशक प्रवीणलाई विशेष सम्मान

चलचित्र संघद्वारा वरिष्ठ निर्देशक प्रवीणलाई विशेष सम्मान

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेठ - चलचित्र पत्रकार संघको स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले शनिबार आयोजना गरेको दोस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा वरिष्ठ निर्देशक कैलाश प्रवीणलाई विशेष सम्मान गरेको छ । संघले नेपालमा पहिलोपटक नेपाली गीतलाई क्यासेटमार्फल बजारीकरण र नेपालमा पहिलो अवधि भाषको चलचित्र निर्देशन गरेको भन्दै निर्देशक प्रवीणलाई विशेष सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेल, विशिष्ट अतिथि नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलगातयले उनलाई दोसल्ला, ढाका टोपी, माला, अबिर लगाउँदै विशेष सम्मान–पत्र प्रदान गरेका थिए  । त्यस्तै उक्त कार्यक्रममा नेपाली चलचित्र र कला क्षेत्रलाई मोफसलबाट पत्रकारिताको माध्यमबाट योगदान दिई...
श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
राष्ट्रिय जनसंस्कृत महासंघ नेपाल जिल्ला कमिटी बॉंकेको आयोजनामा ३० सौं मदन स्मृतिको अबसर पारेर जनबादी संस्कृतिक, सांगितिक सहित्यिक कार्यक्रमका साथै श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य बाबुराम गौतमले मदन भण्डारी बहुमुखी प्रतिभाका धनी भएको बताउँदै उहॉंले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो । त्यसैगरी बिशिष्ठ अतिथि प्रज्ञा सदस्य महानन्द ढकालले साहित्यले समाजलाई नियाल्छ भन्दै जनबादी गित संगित र साहित्यले पार्टीलाई अगाडी बढाउन योगदान गरेको चर्चा गर्नु भयो ।सो अबसरमा बिशिष्ठ अतिथिको आसनबाट बोल्दै नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य श्रीमती बिजया धितालले राष्ट्रिय जनसंस्कृत महासंघ नेपाल पार्टीको अभिन्न अंग रहेको बताउनु भयो ।दुईचरणमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला सचिबालय सदस्य एवं जनबादी गि...
नेपाल र भारतबीच बुद्धधर्मका सन्दर्भमा घनिष्ठ सम्बन्ध

नेपाल र भारतबीच बुद्धधर्मका सन्दर्भमा घनिष्ठ सम्बन्ध

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १७ बैशाख –बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन् । बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्धधर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताए । बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्धधर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको बताउँदै सम्मेलनबाट आफूलाई पनि सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे । बुद्ध धर्मको प्रादुर्भाव नेपालबाट भएको तथा यो धर्मको मुख्य सन्देश प्रेम र करुणा भएको उनले बताए । ‘बुद्धधर्मका सन्दर्भमा नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ, यो धर्मले दुवै देशलाई एकताबद्ध गरेको छ । हाम्रा निम्ति बुद्ध धर्मको जननी नेपाल र जनक भारत हो,’ नेपाल र भारतबीचको निकट छिमेक सम्बन्धका साथै धार्मिक सम्बन्धबारे चर्चा गर्दै तिब्बती गुरूले भने । बुद्...
१० वर्षपछि नेपालगन्जमा विराट ५१ कुण्डीय गायत्री महायज्ञ हुँदै

१० वर्षपछि नेपालगन्जमा विराट ५१ कुण्डीय गायत्री महायज्ञ हुँदै

आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ बैशाख – १० वर्षपछि नेपालगन्जमा गायत्री परिवार प्रज्ञा मण्डल नेपालगन्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा बैशाख २६ गतेदेखि २९ गतेसम्म हुन गईरहेको विराट ५१ कुण्डीय गायत्री महायज्ञलाई भब्य रुपमा सम्पन्न गर्न आज पत्रकार भेटघाट मार्फत जानकारी गराईएको छ ।नेपालगन्जको धम्बोजी खजुरा रोडमा रहेको गायत्री मन्दिरमा भव्य ५१ कुण्डीय गायत्री महायज्ञ हुने जानकारी दिईएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझीदेखि नगर परिक्रमा गरी शुभारम्भ हुने बताईएको छ ।यसैगरी साँझ ४ बजेदेखि ७ बजेसम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पं. श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ भने दोस्रो दिन अथवा २७ गते बिहान ५ देखि ...
फरक कथामा बनेको “ज्याकी – आईएम ट्वान्टिवान”

फरक कथामा बनेको “ज्याकी – आईएम ट्वान्टिवान”

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० बैशाख – आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे “ज्याकी – आई एम ट्वान्टिवान” विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । “ज्याकी आई – एम ट्वान्टिवान”को प्रचारप्रसारका क्रममा शनिबार नेपालगन्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।मोफासलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै “ज्याकी – आई एम ट्वान्टिवान”मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए । उनले “ज्याकी – आई एम ट्वान्टिवान”को माध्यमबाट नेपालमा पहिलोपटक “हिप्पप डान्स”को कथालाई समेटिएको बताए ।त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई “ज्याकी – आई एम ट्वा...
तेस्रो नेपालगन्ज फोटो फेस्टिवल आजदेखि शुरु

तेस्रो नेपालगन्ज फोटो फेस्टिवल आजदेखि शुरु

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ८ बैशाख – तेस्रो नेपालगन्ज फोटो फेस्टिवल आजदेखि दुई दिनसम्म नेपालगन्जमा हुने भएको छ । होटेल बाटिकाको हलमा फोटो प्रदर्शनी हुनेछ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ ।अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस फेस्टिवलमा भ्रष्टाचार विरुद्द क्रियाशील संस्था बास नेपालले सहकार्य गर्दै आएको छ । ‘देशभरबाट प्रतिस्पर्धामा आएका फोटोहरुबाट उत्कृष्ट फोटोहरु छनोट गरिसकेका छौं –“निर्णायक मण्डलका संयोजक वरिष्ठ फोटो पत्रकार विकास कार्कीले भने, ‘विधागत रुपमा उत्कृष्ट फोटोहरु र वर्ष फोटो आजमात्रै घोषणा हुन्छ ।”कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटो ग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक मण्डलले फोटो छनोट गरेको हो । हरेक विधामा उत्कृष्ट एक फोटो पुरस्कृत हुनेछ भने सबै फोटोबाट सर्वाेत्कृष्ट फोटोले वर्ष फोटो उपाधि सहित नगद पुरस्कार पाउँनेछ ।जम्मा ९ विधा रहेका छन । यसैग...
वसन्तको लेखनमा ‘आउँछु भेट्न’ सार्वजनिक [भिडियोसहित]

वसन्तको लेखनमा ‘आउँछु भेट्न’ सार्वजनिक [भिडियोसहित]

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ६ बैशाख – वसन्त न्यौपानेको शब्द रहेको ‘आउँछु भेट्न’ बोलको गीत सार्वजनिक भएको छ। प्रेमिल भाव समेटिएको उक्त गीत आइतबार ‘त्रिमुर्ती इन्टरटेनमेन्ट’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। न्यौपानेको शब्द रहेको गीतमा राधिका भण्डारीले आवाज दिएकी छिन्। त्यस्तै, उक्त गीतको संगीत तथा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन्। ‘म्युजिक किचन’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज परियारले मास्टरिङ गरेका हुन्। गीतको भिडियोमा गायिका राधिका भण्डारीले नै अभिनय गरेकी छिन्। उत्तम अधिकारीको निर्देशन रहेको भिडियोलाई प्रवेश अधिकारीले खिचेका हुन भने यसको सम्पादन तथा रंग संयोजन राजेश कुमारले गरेका छन्। (स्रोः थाहा खबरबाट) https://www.youtube.com/watch?v=LK0KnW1rPn8&t=3s...