
नेपालगन्ज, १४ बैशाख – १० वर्षपछि नेपालगन्जमा गायत्री परिवार प्रज्ञा मण्डल नेपालगन्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा बैशाख २६ गतेदेखि २९ गतेसम्म हुन गईरहेको विराट ५१ कुण्डीय गायत्री महायज्ञलाई भब्य रुपमा सम्पन्न गर्न आज पत्रकार भेटघाट मार्फत जानकारी गराईएको छ ।
नेपालगन्जको धम्बोजी खजुरा रोडमा रहेको गायत्री मन्दिरमा भव्य ५१ कुण्डीय गायत्री महायज्ञ हुने जानकारी दिईएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझीदेखि नगर परिक्रमा गरी शुभारम्भ हुने बताईएको छ ।
यसैगरी साँझ ४ बजेदेखि ७ बजेसम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पं. श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ भने दोस्रो दिन अथवा २७ गते बिहान ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने र ७ देखि ११ बजेसम्म विशिष्ट देव आवाहन एवं पूजन डा. जी राज शाक्यको सहयोगबाट निर्मित यज्ञशालाको उद्घाटन, संगीतमय श्रीमद् पावन प्रज्ञा पुराण कथा भई शुभारम्भ जनाईएको छ ।
यसैगरी तेस्रो दिन २८ गते बिहान ५ बजेदेखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम, ७ बजेदेखि ११ बजेसम्म गायत्री महायज्ञ एवं विभिन्न संस्कार हुनेछ भने दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म कार्यकर्ता गोष्ठी तथा ४ बजेदेखि ७ बजेसम्म श्रीमद् पावन प्रज्ञा पुराण कथा एवं भव्य दीप महायज्ञ हुनेछ । साथै चोैंथो अथवा अन्तिम दिन बैशाख २९ गते ५ बजेदेखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने ७ बजेदेखि ११ बजेसम्म गायत्री महायज्ञ पूर्णाहूति हुनेछ भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म सत्य नारायण पाठकद्वारा सम्पन्न सवा करोड़ गायत्री मन्त्र जप अनुष्ठानको पूर्णाहूति एवं विभिन्न संस्कार आचार्यगणको विदाई, प्रसाद भण्डारा गराई समापन हुने आयोजक गायत्री परिवार प्रज्ञा मंडल नेपालगन्ज तथा गायत्री परिवारले आज विहिबार आयोजना पत्रकार भेटघाटमा जनाएको छ ।
उक्त महायज्ञ भब्य रुपमा सम्पन्न गर्न विभिन्न कमिटीहरु गठन गरिएको छ । महायज्ञ कार्यक्रमको प्रमुख जिम्मेवारीमा संयोज सत्यनारायण पाठक, सहसंयोजक डा. विजयप्रसाद प्रधान, महासचिव वेचन गुप्ता, आर्थिक व्यवस्थापनमा गिरवरप्रसाद अग्रवाल, आवासीय व्यवस्थापनमा आकाश गुप्ता, मुख्य प्रचार समितिको जिम्मेवारीमा पशुपतिदयाल मिश्रा, प्रचार समितिमा राजकिशोर वढही, पंजियवमा पदम अर्याल, पोडाल समितिमा मनीस कर्माचार्य, यज्ञशाला समितमा रेनु बेलबासे, भोजन व्यवस्थापनमा रामगोपाल वैश्य, कलश यात्रामा सेतुली माया श्रेष्ठ, चन्द्रकला शर्मा, शान्ति सुरक्षामा नारायण दत्त पोख्रेल, गंगाराम थापा, सचिवालयमा रामगोपाल अग्रवाल, जलकल विभागमा बाबादीन वर्मा, सरसफाइमा विभागमा मीनप्रकाश केसी तथा मीडिया प्रभारीको जिम्मेवारी रुद्र सुवेदीलाई दिएको आयोजकद्वारा जनाईएको छ ।
