Monday, June 29सत्यम खबर
Shadow

श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

राष्ट्रिय जनसंस्कृत महासंघ नेपाल जिल्ला कमिटी बॉंकेको आयोजनामा ३० सौं मदन स्मृतिको अबसर पारेर जनबादी संस्कृतिक, सांगितिक सहित्यिक कार्यक्रमका साथै श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य बाबुराम गौतमले मदन भण्डारी बहुमुखी प्रतिभाका धनी भएको बताउँदै उहॉंले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो । त्यसैगरी बिशिष्ठ अतिथि प्रज्ञा सदस्य महानन्द ढकालले साहित्यले समाजलाई नियाल्छ भन्दै जनबादी गित संगित र साहित्यले पार्टीलाई अगाडी बढाउन योगदान गरेको चर्चा गर्नु भयो ।
सो अबसरमा बिशिष्ठ अतिथिको आसनबाट बोल्दै नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य श्रीमती बिजया धितालले राष्ट्रिय जनसंस्कृत महासंघ नेपाल पार्टीको अभिन्न अंग रहेको बताउनु भयो ।
दुईचरणमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला सचिबालय सदस्य एवं जनबादी गितकारका साथै गायक अशोक कर्माचार्यलाई श्रष्टासम्मान र साहित्यकार महानन्द ढकाल प्रज्ञा सदस्य मनोनीत हुनुभएकोमा बधाई एवं लामो समय शिक्षण पेशाबाट निर्बृत्त हुनु भएका बरिष्ठ कलाकार द्वोय सुन्दर गुरूंग र द्रोण थापालाई निर्बृत्त जीवन सुखमय बनोस भन्ने शुभ कामना व्यक्त गरिएकाे थियाे ।
दोश्रो चरणमा जनबादी गित संगित तथा नृत्य र कबिता प्रस्तुत गरीएको उक्त कार्यक्रम अत्यन्त मनोरञ्जनमय एवं उदाहरणीय थियो । दुबै कार्यक्रमको सभाध्यक्षता राष्ट्रिय जनसंस्कृत महासंघ नेपालको केन्द्रीय सदस्य लुम्बिनी प्रदेश उपाध्यक्ष एवं बॉंके जिल्ला कमिटी अध्यक्ष भीमकान्त लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणको सञ्चालन सचिव गीता अर्याल र दोश्रो सत्रकाे सञ्चालन साहित्यकार लेक प्याकुरेलले गरी भब्यताका साथ सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *