सोमबारदेखि प्रेसिडेन्ट लिग सुरु
नेपालगन्ज, १ चैत – बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो । एन्फाले आईतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।
सम्मेलनमा एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए । चित्रकारका अनुसार मोफसलका टिमलाई पनि राष्ट्रिय स्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७को आयोजना गर्न लागेको हो ।प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके) ले प्रतिस्पर्धा गर्नेछ । साथै प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश नम्बर २ च्याम्पियन म...









