Friday, June 12सत्यम खबर
Shadow

आस्था

प्रदेशसभा सदस्य हमाललाई सम्मान

प्रदेशसभा सदस्य हमाललाई सम्मान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १० पौष – गायत्री शक्तिपीठ बाँकेले प्रदेश सभा सदस्य सुरेन्द्र हमाललाई एक कार्यक्रमबीच शुक्रवार सम्मान गरेको छ ।ओलम्पियन समेत रहेका बाँकेको निर्वाचन क्षेत्र नं.२ (क)बाट निर्वाचित हमाललाई आफ्नो क्षेत्रमा पु¥याएको योगदान बापत गायत्री शक्तिपीठ, जिल्ला समन्वय समिति बाँकेले सो सम्मान गरेको हो । आयोजकका तर्फबाट गायत्री अभियन्ता, समाजसेवी डा. विजय प्रधान तथा गायत्री शक्तिपीठ जिल्ला समन्वय समिति अध्यक्ष सत्यनारायण पाठकले प्रदेश सभा सदस्य हमाललाई दोसल्ला, खादा ओढाइ सम्मान गर्नुभएको थियो ।त्यसैगरी आयोजकले योगदान पु¥याए बापत समाजसेवी, गायत्री अनुयायी प्रनिल हमाललाई पनि सम्मान गरेको थियो ।सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य हमालले मानवताको क्षेत्रमा गायत्री शक्तिपीठले खेलेको भुमिकाको प्रशंसा गर्दै स्वस्थ समाजको निर्माणका लागि सबै धर्मको उत्तिकै महत्व र सहकार्य जरुरी रहने बताउनु भयो । ...
आजको राशिफल, पञ्चांग र शुभ साईत (२०७७ पौष १० गते शुक्रबार)

आजको राशिफल, पञ्चांग र शुभ साईत (२०७७ पौष १० गते शुक्रबार)

आस्था, समाचार, समाज
शुक्रबार, १० पौष २०७७ ज्यो. हरि पन्तआजको पञ्चांगआज मिति २०७७ पुस १० गते शुक्रबार, इस्वीसंवत डिसेम्वर २५ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्ष शुक्लपक्षको एकादशी तिथि रहनेछ । आज अनुराधा नक्षत्र, विष्कुम्भादि योगमा शिव, करणमा वणिज, आनन्दादि योगमा वज्र रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५४ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १४ मिनेटमा हुनेछ । आजको राशिफलमेष : मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुने...