
२०७७ फाल्गुण, २९ शनिवार
वि.सं. २०७७ फाल्गुन २९ गते शनिबार, फाल्गुन कृष्ण (सिल्लागा) अमावस्या, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, साध्य योग, नाग र किंस्तुघ्न करण, प्रमादी संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, आज : अमावस्या (औंसी), दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, आजको मूहुर्त : धनिष्ठा पञ्चकमध्येको एउटा दिन, भोलि : चैत्र संक्रान्ति, चन्द्रोदय, ग्याल्पो ल्होसार, कल्याणेश्वरराज जनकपुर परिक्रमा प्रारम्भ (मिथिला), भोलिको मूहुर्त : धनिष्ठा पञ्चकमध्येको एउटा दिन, दैलो राख्ने ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्रियाकलापका लागि दिभरीको समय राम्रो छ तर साँझपख आकस्मिक धन खर्च गर्नुपर्ला । प्रयत्न गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित दाम प्राप्त हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। बौद्धिक र ज्ञानमूलक क्षेत्रबाट पनि ालभ नै मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायिक क्षेत्रमा खासै फेरबदल छैन । मेहनत अनुसार आम्दानी बृद्धि गर्न सकिनेछ । श्रममूलक काम, कृषि क्षेत्र, माटो र फलाम कार्यक्षेत्र छ भने गज्जबको फाइदा बटुल्ने दिन हो । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। नाम, दाम र इनाम हातलागी हुने समय छ। मिहिनेतले सजिलै दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ऋणको कारोबार गर्न वा गुमेको धन फिर्ता लिन गरिएको प्रयास सफल हुनेछ । आकस्मिक रुपमा हातमा धन प्राप्त् हुने समय हो। नयाँ ठाउँमा लगानीको वातावरण बन्न सक्छ । कामको बोझ र जिम्मेवारी बढ्नेछ । रोकिएको काम सुचारी हुने समय छ । आज ठूलाबडाको मनस्थिति बुझेर काम गर्नु राम्रो हुनेछ । सानो प्रयासले उद्देश्य पूरा गर्न सकिनेछ । आज गरेको सानो प्रयत्नले ठूलो काम गर्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जोखिममा कुनै पनि काम नगर्नुहोला । किनभने आज धन, मान र प्रतष्ठिामा विकार भएको दिन छ । वैदेशिक प्रयोजनको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ । टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयत्न गर्नुहोला ।। मिहिनेतले अप्ठ्यारो समयमा पनि फाइदा दिलाउन सक्छ। सुरुमा अरूका लागि जुट्नुपरे पनि साँझदेखि सहयोगीले साथ दिनेछन्। नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष सबल भएको राम्रो छ । घरायासी प्रयोजन र भोगविलासका क्षेत्रमा व्ययभार बढ्ने परिस्थिति देखिन्छ । कामको चापबाट फुर्सद पाइनेछ। व्यापारतर्फ मनग्य फाइदा उठाउने समय छ। साँझतिर कामको चाप बढ्नेछ भने स्वास्थ्य कमजोर रहनेछ। गोपनीयता बाहिरिनाले समस्या पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक प्रयोजनका काम वा आयात निर्यात वा दौडधुप गर्नुपर्ने काममा केही हदसम्म लाभ मिल्न सक्छ । आजको दिन चुनौति र परीक्षणको रुपमा देखा परेको छ । कार्यक्षेत्र, व्यापार व्यवसाय र उद्योगधन्दा आदिमा देखिएको समस्याले चिन्ता बढाउनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मुखका माध्यमले नै धन कमाउन सकिनेछ । आज जे गरे पनि आफ्नो बुद्धि र विवकेको सही उपयोग गेर कार्य सम्पादन गर्न सकिनेछ । व्यावहारिक समस्याले महत्त्वाकांक्षी योजना स्थगन हुने देखिन्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। साँझतिर स्थितिमा सुधार आउनाले भविष्यप्रति आशा जाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अध्ययनमा भने सामान्य प्रगति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मौखिक अभिव्यक्तिको माध्यमबाट फाइदा लिन सकिनेछ । वित्तीय क्षे र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय छ । खानपान र घुमघाममा खर्च बढ्न सक्छ । सामाजिक कामको दायित्व बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन आर्थिक कारोबारका लागि केन्द्रित हुने समय हो । लाभदायक परिणाम प्राप्त् हुने क्षेत्रमा धन लगानी गर्ने अनुकूलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ नै मिल्ने योग छ । भौतिक साधन खरिद गर्न आजको दिन राम्रो छ । धनागमका लागि नयाँनयाँ मार्ग पत्ता लाग्नेछ । जग्गाजमिन, शेयर कारोबार वा कुने ठोस लगानीमा आकर्षण छ भने आज काम शुरु गर्ने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अचानक धनधान्य वा सम्पत्तिको नाश हुनसक्ने समय हो । हुन त मूल रपमा कार्यक्षेत्र वा व्यापार व्यवसायबाट लाभ नै मिल्नेछ । यद्यपि रकमको कारोबार र लेनदेनमा सतर्कता अपनाउनु राम्रो हुनेछ । तालासाँचो अरुको भरमा नछोड्नु होला । आजको सोचेो आर्थिक र व्यवहारिक समस्या समाधान गर्ने उपाय निकाल्न सक्छ ।
